धरान/सुमेधा वक्तृत्वकला प्रतियोगिताको शुक्रबार सम्पन्न फाईनलमा धरान(मेघा हिमालयनकी क्याथरिन योन्जन प्रथम भएकी छिन । क्याथरिनले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन। (याडिकल लाईट नेपाल प्रा।लि।धरानले धरान(८ स्थित सहिद स्मृति मा।बि।को सभाहलमा सम्पन्न गरेको फाइनलमा शिक्षा सन्देस सेकेन्डरी बोर्डिङकी देवका कार्की दोश्रो हुदै नगद ८ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन। एम्स एकेडेमीकी अदिति झा तृतीय भई ४ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन।पब्लिक मा।बि। फुस्रेका बालकुमार राई सान्त्वना भएर २ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको उप(शिर्षकमा समेत पुरस्कार प्रदान गरिएको थियो।शिक्षा निकेतन मा।बि।की पुजा लम्साल र लाक्पा तामाङले क्रमशस् डिसिप्लिन र अराटोरिकल स्पिकरको उपाधि प्राप्त गरे।पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राईले क्रमशस्इन्फर्मेटिभ र पङ्चुअल स्पिकरको उपाधी जिते। सियोन स्कुलकी सोनिया नेपालीले सिन्सियर स्पिकरको उपाधि जितिन भने धरान मा।बि।की स्मृति लिम्बुले मोटिभेस्नल स्पिकरको उपाधी हात पारिन। उप(बिजेताहरुले जनही १र१ नगद सहित प्रमाणपत्र प्राप्त गरे । बिजेता र उप(बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उप(प्रमुख अइन्द्र बिक्रम बेघा, मन्टेसोरी किन्डर गार्टेनका संचालक गौरबमान श्रेष्ठ र सहिद स्मृति मा।बि।का प्रधानाध्यापक राम बहादुर बिष्टले नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरे।
सहभागिहरुलाई लागु औषधस् चुनौति र समाधानका उपाय, छोराचोरीको भबिष्य निर्माणमा आमा(बुवाको भुमिका, सामाजिक सद्भाव र युवाको दायित्व, स्वदेसमै भबिष्य स्वदेसमै रोजगार र युवाको चाहनास् बिकसित नेपालको परिकल्पना गरी ५ वटा शिर्षकहरु दिइएको थियो। उत्कृष्ट १० प्रतिष्पर्धीहरुलाई गोला प्रथाद्वारा ५ वटा शिर्षकहरुमध्ये दुई जना प्रतिष्पर्धीलाई एउटै शिर्षक परेको थियो । बिद्यार्थीहरुको आत्माबिश्वासमा अभिबृद्धि गरी ब्यक्तित्व र नेतृत्व बिकास गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा।लि।का अध्यक्ष तिर्थ कार्कीले बताए।
प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप(प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति मा।बि।का शिक्षक टंक भट्टराई थिए।कार्यक्रममा सुमेधा एजुकेसन नेट्वर्क प्रा।लि।धरानका सि।ई।ओ।सुरेन्द्र घिमिरे, समाजसेवी सुस्मिता लिम्बु लगायतको उपस्थिति थियो।सोनि यादबले स्वागत मन्तव्य राखेको कार्यक्रमको सन्चालन आहाना प्रधानले गरिन।