काठमाडौँ / संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । संसद् भवन नयाँबानेश्नरमा दिउसो १ बजे बैठक शुुरु हुनेछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

गृह मन्त्री रमेश लेखकले ुनेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  साथै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

301237839-775165910202031-1577179248258595507-n (1)