धरान / सुुनसरीको धरानमा युवतीको कोठामा प्रतिबन्धित लागूऔषध फेला परेपछि पक्राउ परेकी छिन् । धरानमा युवतीको कोठामा लागूऔषध फेला परेपछि पक्राउ परेकी हुन् । धरान उपमहानगरपालिका वडा नं. १६ बस्ने २९ वर्षीया सुष्मा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलीले निजको कोठाबाट लागूऔषध ट्रामाडोल ३२१० क्याप्सुल, प्रतिबन्धित औषधि १६६० ट्याब्लेट र स्पासपेन ७३० ट्याब्लेटसहित तामाङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पछि तामाङलाई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।