ताप्लेजुङ / सरकारले काम रोक्ने सर्तसहित नो केबुुलकार समुहलाई फेरि बार्तामा बोलाएको छ । पाथीभरा मुकुम्लुङु क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै आन्दोलनरत समूहलाई सरकारले फेरि वार्ताका लागि बोलाएको हो । सरकारी वार्ता टोलीले केबलकार निर्माण कार्य स्थगित गर्ने सर्तसहित पुुन वार्तामा बोलोको छ । 

वार्ता टोलीका संयोजकसमेत रहेका गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादको लागि आउन हार्दिक अपिल गर्दछु । प्रेस विज्ञप्तीमा भनिएको छ ।

301237839-775165910202031-1577179248258595507-n-1

यसअघि पनि सरकारी वार्ता टोलीले यस्तै प्रकृतिको वार्ताका लागि आह्वान गरेको थियो । नोे केबलकार समूहले गृहसचिवस्तरको वार्ता टोलीले आफूहरूको माग सम्बोधन गर्न नसक्ने बताउँदै आएका छन् । सरकारले मन्त्रीस्तरीय वार्ता समिति गठन गर्नुपर्ने नो केबुुुुलकार वालाहरुको माग छ ।