धरान/ गे्रस ईन्टरनेशनलको १९ औं शाखा धरानमा यही फागुन १६ गने शुक्रबार उद्घाटन हुुने भएको छ । बिदेश अध्ययन गर्न जान चाहाने ईच्छुक विद्यार्थीहरुका लागी परामर्श र सहजीकरण गर्न ग्रेश ईन्टरनेशनल नेपालको १९ औ शाखा धरानमा उद्घाटन हुुने भएको हो । मगलबार धरान(३ सदन रोडमा उद्घाटन गर्न लागिएको शाखा कार्यलयको हलमा पत्रकार सम्मेलनको आयोजना गरी शाखाका अध्यक्ष विशाल राईले यही फाग्ुन १६ गते शुुक्रबार शाखा उद्घाटन गर्न लागिएको जानकारी दिए । 

संसारभर ४० भन्दा बढी देशहरु जस्तै  अस्ट्रेलिया,केन्या, पाकिस्तान,बगलादेश न्युजिल्यान्ड दुबई ईन्डोनेशिया,भारत लगायत ठाउँहरुमा शाखा स्थापना भई संचालनमा रहेको शाखाका अध्यक्ष राईले बताए । ग्रेश शाखाको उद्घाटन धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाले र सस्थाका ब्रान्ड एम्बेसेडर चर्चित क्रीकेट खेलाडी दिपेन्द्र सिह ऐरले गर्ने अध्यक्ष राईले जानकारी दिए । 

88 2

 ग्रेस ईन्टरनेशनल ग्रुुरुप प्रालिले धरानमा शाखा स्थापना गरी बिदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श र सहजीकरण गर्दै भाषा कक्षा समेत  प्रारम्भ गर्ने पत्रकार सम्मेलनमा अध्यक्ष राईको भनाई छ । अस्ट्रेलिया,युके,क्यानडा,अमेरिका,न्युजिल्यान्ड ,कोरिया जापान अनि दुबई देशहरुमा अध्ययन गर्न चाहानेहरुका लागि भाषा कक्षाको सेवा सुविधा धरानमै उपलब्ध गर्न लागिएको अध्यक्ष राईले जानकरी दिए । यस संस्थाले नेपालमा बिगत २ दशक देखि विद्यार्थीहरुलाई परामर्श र सहजीकरण गरिरहेको अध्यक्ष राईले पत्रकार सम्मेलनमा बोल्दै जानकारी दिए । हाल धरान शाखामा ५ जनालाई रोजगार दिईरहेको अध्यक्ष राईले जानकारी दिए । 

301237839-775165910202031-1577179248258595507-n-1