धरान /धरानको ४ नम्बर वडामा निःशुुुल्क आँखा शिविर सम्पन्न भएको छ । धरान ४ को विकट गाउँ मानिने सुमनतारमा शिविर सम्पन्न भएको हो । रानी अस्पताल प्रा.लि. बिराटनगरको आयोजनमा धरान सिंहदेवी आधार भुत बिद्यालय र सुमनतार टोल सुधार समितिको संयुक्त आयोजना शिविर सञ्चालन भएको थियो । समितिका अध्यक्ष सुन बहादुर राईले शिविरको आयोजनाका लागि व्यवस्थापन मिलाएका थिए ।
शिविरमा १० वर्षीय बालबालिका देखि ९० वर्षीय बृद्धाबृद्धले शिविरमा आँखा तथा कानको जाँच गराएका थिए । शिविरमा १ सय ५० जना मानिसले आँखा र कान जाँच गराएको समितिका अध्यक्ष राईले जानकरी दिए । १ सय ५० मध्ये २०जनामा मोतिबिन्दु र दुई जनामा आँखामा मासु पलाउने समस्या देखिएको थियो । बिराटनगरबाट आएर रानी अस्पतालले दुर्गम गाउँ मानिने सुमनतारमा निःशुल्क सेवा प्रदान गरेको भन्दै स्थानीयहरुले सेवा दिन आएका कर्मचारी र डाक्टरहरुलाई धन्यवाद दिएका थिए ।
सुमनतार टोल सुधार समितिका अध्यक्ष सुन बहादुर राईले रानी अस्पतालको खुलेर प्रसंशा गरेका गरे । धरानको दुर्गम गाउँमा सुमनतारमा आई रानी आँखा अस्पतालले निःशुल्क शिविरको आयोजना गरी बालबालिका र बृद्धाबृद्धलाई सेवा सुुविधा दिएको भन्दै अस्पताललाई अध्यक्ष राईले धन्दवाद दिए । त्यस्तै, सिंहदेवी बिधालयका प्रधानाध्यापक अभिषेक कटुुवाल धरानकोे कर्णाली जस्तो दुर्गम गाउँ मानिने ठाँउमा आएर सेवा प्रदान गरेकोमा अस्पतालबाट आएका डाक्टर कर्मचारीलाई धन्यवाद दिए ।
अस्पतालले पूर्वी पहाडी विभिन्न गाँउहरुमा शिविर सञ्चालन गर्नाले बालबालिका र बृद्धाबृद्धले सेवा सुुविधा पाईरहेको अस्पतालका कर्मचारीले बताए ।