धरान / नगर अस्पतालको अवधारण अनुुरुप प्रसुुति गृह सञ्चालनमा ल्याईएको छ । धरान १ स्थित छाताचौकको पुरानो अस्पतालमा ग्रामीण भिडियो एक्स(रे सेवा सञ्चालनमा हो । नगर अस्पतालको अवधारणा अनुरुप प्रसूति गृहमा भर्खरै सञ्चालनमा ल्याइएको यो सेवा गर्भवती महिलाहरूका लागि उपयोगी हुने बताइएको छ । यसअघि भिडियो एक्स(रे नहुँदा गर्भवती महिलाहरू अन्यत्र जान बाध्य थिए। तर, अब यही अस्पतालमै सेवा उपलब्ध भएपछि उनीहरूलाई सहज भएको हो ।
उक्त भिडियो एक्स(रे धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाले उद्घाटन गरेका हुन्।् । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका पूर्व प्रमुख डा. श्रीराम शाहले व्यक्तिगत लगानीमा १२ लाख रुपैयाँको भिडियो एक्स(रे मेसिन प्रदान गरेका हुन्।् । अस्पतालले अनमी समिता राईलाई २१ दिने विशेष तालिम दिएर एक्स(रे सञ्चालनको जिम्मेवारी सुम्पिएको छ ।
धरान स्वास्थ्य चौकीकी प्रमुख लक्ष्मी बुढाथोकीका अनुसार ग्रामीण क्षेत्रमा लक्षित यो सेवा अब स्थानीयस्तरमै सहज उपलब्ध हुनेछ । पूर्व प्रमुख डा. शाहले अस्पतालको अव्यवस्थित अवस्था देखेर सहयोगस्वरूप भिडियो एक्स(रे प्रदान गरेको बताए । धरान उपमहानगरपालिकाले पुरानो अस्पतालको जग्गामा सुविधा सम्पन्न १०० बेडको अस्पताल निर्माण गर्ने योजना अगाडि बढाए पनि हालसम्म अस्पतालको भौतिक संरचना जीर्ण बन्दै गएको छ । स्वास्थ्य सेवा विस्तारका लागि ठोस योजना आवश्यक रहेको सरोकारवालाहरू बताउछन् ।