धरान / फुुटबलको ईतिहासमा पहिलो पटक रात्रिकालिन फुुटबल हुने भएको छ । धरानमा फुटबलको इतिहासमा नयाँ अध्याय थप्दै गोधुली क्लबले पहिलो पटक भोली बिहीबार देखी धरान रङ्गशालामा रात्रिकालिन फुटबल प्रतियोगिता भोली देखि शुुरु हुने भएको हो । गोधुली फुटबल रनिङ कपले २५औँ वर्ष पुरा गरेको अवसरमा साङ्गीतिक कार्यक्रम सहितको उद्घाटन समारोहबाट रात्रिकालिन फुटबल हुने भएको हो ।

रात्रिकालिन प्रतियोगिता सञ्चालन गर्न रङ्गशालाको ४ कोण सहित ६ स्थानमा अस्थायी फ्लडलाइट जडान गरिएको छ । आज बुधवार बिहान आयोजित पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष सतिश केसीले भने ‘रङ्गशालामा फ्लडलाइट लगाउने कुरा लामो समय देखी चर्चामा आयो तर, कसैले लगाउने काम गरेन गफ मात्र धेरै भयो ।’

रङ्गशालामा स्थायी फ्लडलाइट लगाउन जरुरी छ भन्ने कुराप्रति सबैको ध्यानाकर्षण गर्न पनि गोधुलीको रजत जयन्ती रात्रिकालिन प्रतियोगिता आयोजना गरी मनाउने ‘आँट’ गरिएको उनले बताए । रङ्गशालामा अस्थायी फ्लडलाइटको लागी मात्र सवा ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ६ कोणमा ३५ देखी ४० फिट अग्लो बाँसको टावरमा फ्लडलाइट जडान गरिएको छ ।

फ्लडलाइटहरू ४० हजार वाट क्षमताको रहेको बताइएको छ । ६ वटै फ्लड लाइटको लागि डजेल जेनेरेटरहरूले ७५ केभी क्षमतामा काम गर्नेछ ।  विद्युत् अनियमित भएमा रात्रिकालिन खेलमा अवरोध आउने सक्ने भएकोले जेनेरेटरको विद्युतबाट फ्लडलाइटको व्यवस्था गरिएको हो । उपाध्यक्ष केसीका अनुसार विद्युत् प्राधिकरण र विद्युत् इञ्जिनियरहरूको परामर्श अनुसार फ्लडलाइटको व्यवस्था गरिएको छ ।

301237839-775165910202031-1577179248258595507-n-1

गोधुली कपको २५औँ संस्करणको आर्थिक व्यवस्थामा यसपालि धरान उपमहानगरपालिका र मुख्य प्रायोजक टेस्टि टेस्टी नुडल्स रहेको छ ।  प्रतियोगिताको उद्घाटन खेल धरान(५ र धरान(१६ बिच हुने छ । यसअघि लोकप्रिय गायक पूर्ण राई एण्ड दाजुभाइको साङ्गीतिक प्रस्तुति दिनेछन् । उद्घाटन धरान(१७ का अध्यक्ष मनोज भट्टराईले गर्ने छन् । प्रतियोगिताको विजेतालाई रनिङ कप सहित १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ । उपविजेताले ७५ हजार रुपैयाँ पाउने छ ।

व्यक्तिगत पुरस्कारमा बेस्ट प्लेयरले १५ हजार, हाईस्कोर ७ हजार ५ सय, बेस्ट डिफेन्डर उदीयमान खेलाडी, वेस्ट डिफेन्डर, म्यान अफ दि म्याच, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट मिडफिल्डर लाई जनही ५ हजार ५ सय प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट समाचार सम्प्रेषण गर्ने पत्रकारलाई समापनमा सुवास राई स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ । धरान(१८ का वडाध्यक्ष नरेन्द्र कुमार राई प्रवीणले मातापिताको नाममा विजेता र उपविजेता पुरस्कारमा थप २५/२५ हजार रुपैयाँ प्रदान गर्ने भएका छन् । प्रतियोगिताको कुल अनुमानित खर्च २४ लाख १८ हजार ३३ रूपैयाँ रहेको  आयोजकले जनाएको छ ।