सुर्खेत / वीरेन्द्रनगरमा अज्ञात स्थानबाट आज (शनिबार) गोली चलेको छ । शनिबार वीरेन्द्रनगरमा गोली चलेको हो । वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा बिहान अज्ञात स्थानबाट गोली चलेको बताइएको छ ।
उक्त गोली कस्ले किन कहाँबाट चलायो कसैलाई थाहाँ छैन । गोलीले एक्कासी छाना छेडेर कोठाभित्र खसेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले उक्त घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
‘यो गोली कताबाट आयो, कसले चलायो यसै भन्न सकिने अवस्था छैन,’ प्रहरी विश्वकर्माले भने, । ‘यसको अनुसन्धान भइरहेको छ।’प्रहरी विश्वकर्माले थपे ।