काठमाडौँ / छोरीले मन पराएर ‘इङ्गेजमेन्ट’ गरेको केटा संग आमा फरार भएकी छिन् ।  छोरीको विवाह आगामी वैशाख ३ गते हुने निधो भएको थियो । विवाहका लागि आवश्यक तयारी चलिरहेको बेला छोरीले ‘इङ्गेजमेन्ट’ गरेको केटासँग आमा नै फरार भएको घटना बाहिर आएको हो । 

यो घटना भारतको उत्तर प्रदेश राज्यको अलीगढ जिल्लामा भएको छ । जितेन्द्र नाम गरेका व्यक्तिले आफ्नी पत्नी घरबाट भागेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । उनले नगद तथा गहनासमेत लिएर पत्नी फरार भएको बताएका हुन् । 

301237839-775165910202031-1577179248258595507-n-1

जितेन्द्रलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनकी छोरीको विवाह गर्ने तयारी चलिरहेको थियो । छोरीले ‘इङ्ग्जेमेन्ट’ गरेकै केटासँग आफ्नी पत्नी फरार भएको उनको भनाइ छ । उनले पत्नीको खोजीका लागि प्रहरी समक्ष गुहार मागिरहेका छन् । अर्कोतिर उनकी छोरी सो घटनापछि बिरामी भएर अस्पतालमा भर्ना भएकी छन् ।

पीडित युवतीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम ‘आजतक’ले आफ्नो अनलाइन संस्करणमा लेखेको छ, ‘मेरै आमा नै मेरो खुसीको दुश्मन बनेको भनेर मलाई विश्वास नै लागिरहेको छैन । यद्यपि मेरो सपना चकनाचुर भयो ।’

पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार पीडित युवतीकी आमाले नै हुनेवाला ज्वाइँलाई एउटा स्मार्टफोन उपलब्ध गराएकी थिइन् । उनीहरू दैनिक घण्टौँसम्म कुराकानी गर्ने गरेको पारिवारिक स्रोतले जनाएको छ । यसै क्रममा उनीहरूबिच प्रेम सम्बन्ध बनेर विवाहका लागि भागेको विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् ।