धरान/ नगरप्रमुुख साम्पाङले शिव धारा घुुम्तीमा सर्दुु जलाधार क्षेत्रको बोर्ड लगाएकोमा स्थानीयद्रारा बिरोध भएको छ । स्थानीय सरकार प्रमुख हर्क साम्पाङले धरान–१३ शिव धारा घुम्तीमा जलाधार क्षेत्रको सिमाना तोकी लगाएको साइनबोर्ड हटाउन माग गर्दै स्थानीयवासीले विरोध गरेका हुुन् । सर्वोच्च अदालतमा सर्दु जलाधारका क्षेत्रको मुद्दा विचाराधीन रहेको अवस्थामा नगरप्रमुख आफैले सर्दु जलाधार क्षेत्र प्रारम्भ भन्दै बोर्ड लगाएपछि धरान ४ र १३ का स्थानीयवासी आक्रोशित भएको हो ।

नगरप्रमुुख साम्पाङले वैशाख ६ गते शनिवार शिव धाराको घुम्तीमा सर्दु जलाधार क्षेत्र प्रारम्भ भन्दै साइन बोर्ड लगाएका हुन । साइन बोर्डमा यातायातको साधन रोकेर दिशा पिसाब गरे ५ हजार देखि १५ हजार सम्म जरिवाना तोकेका छन् । धरान ४ र १३ का जग्गा धनीहरूले मेयर साम्पाङले साईन बोर्ड राखेर अदालतको मानहानी गरेको आरोप लगाएका छन् ।

सर्दु जलाधार बाझगरा ९ क घोपा ७ ९ घ० र ९ ङ रोक्का फुकुवा तथा सिमाङ्कन पहल समितिका संयोजक हरि बहादुर कार्कीका अनुसार सर्दु जलाधार क्षेत्रका मुद्दा किनारा नलगाई नगर प्रमुखले मालपोत कार्यालयलाई मालपोत नबुझन पत्राचार गरेका छन् । त्यसपछि हालसालै शिव धाराको घुम्तीमा जलाधार क्षेत्र प्रारम्भ भएको भन्दै साईन बोर्ड राख्ने कार्यले अदालतको मानहानी भएको बताउँदै कार्कीले भने ‘साइन बोर्ड राखिएको क्षेत्र सर्दु जलाधार क्षेत्रमा पर्दैन ।’

जलाधार क्षेत्रको बसोबासलाई २०३२÷०३३ साल देखि तत्कालीन सरकारले विभिन्न आयोगहरू गठन गरी साबिक बाझगरा ९ ख, ग, घ,९ ङ,च र साबिक घोपाको ७ क,ख,ग, च,छ,ज,को ३४५ बिघा ४ कट्टा १३ धुर जग्गाको १७९ घरपरिवारलाई मोरङ जिल्ला सट्टा भर्ना बापत २४३ बिघा जग्गा उपलब्ध गराई सकेको छ । उनले भने ‘तर नगरप्रमुख साम्पाङले व्यक्तिगत हठमा बोर्ड साबिक बाझगरा ९ क राखेको छन् ।’ 

उक्त क्षेत्र जलाधार क्षेत्रको सट्टा भर्ना प्रक्रिया नगएको बसोबास क्षेत्र हो । तर स्थानीय सरकार प्रमुख आफैले बोर्ड राखेर राज्यमा आतक सृजना गरेको स्थानीयको भनाई छ । उनीहरूले तत्काल बोर्ड हटाउन माग गरेका छन् । संयोजक कार्कीले भने ‘अन्यथा सङ्घर्ष समिति र पीडित जग्गा धनीहरू चरण वृद्ध आन्दोलन गर्न बाध्य हुनेछन् ।’ आन्दोलन गर्दा भएको सम्पूर्ण क्षतिको जिम्मेवार नगर प्रमुख स्वयं हुनुपर्ने उनको भनाई छ ।

वडा ४ पनि आन्दोलनमा धरान वडा ४ का वडाध्यक्ष धनबहादुर राईले नगरप्रमुखले बोर्ड नहटाए जनतासँगै आफुु पनि आन्दोलनमा सहभागी हुने बताए । राईले भने ‘नगरप्रमुखले नगर्ने काम गरेका छन्, उहाँलाई बोर्ड हटाउन आग्रह गरेको छु ।’बोर्ड हटाउन आग्रह गर्दा  मेयर साम्पाङले ‘हेरौँ’ भनी बताएको उल्लेख गर्दै वडाध्यक्ष राईले भने ‘हेरौँ के हुन्छ ? ।’ 

मेयर साम्पाङले उल्टोे काम गरेको धरान–१३ का वडाध्यक्ष काफ्ले बताए ।मेयर साम्पाङले उल्टो काम गरेको अध्यक्ष काफ्लेको बुुझाई छ । उनले ३ हजार घरधुरी विस्थापित भएर बसेको बेला स्थानीय सरकार बोल्नु पर्ने, समस्या हल गर्न लाग्नु पर्नेमा खाटा बसेको घाँउको पाप्रा उकाउने काम गरेको बताए । वडाध्यक्ष काफलेले भने ‘बोर्ड राखेर जनताको महोल हेर्ने र भिडाउने नगर प्रमुखको सोच हो ।’ जलाधार आरम्भ भनी लेखिएको बोर्ड नहटाए जनताको आक्रोश बढ्ने उनको भनाई छ । 

वडाध्यक्ष काफ्लेले भने ‘जनता छटपटी रहेको अवस्थामा नगर प्रमुखले साहारा दिनुपर्ने ठाउँमा झन् जनतालाई दुख दिएकोले जनतासँगै म पनि आन्दोलनमा सहभागी हुने अवस्था आएको छ ।’ सर्बोच्चले सर्दु जलाधार क्षेत्र कुनै पनि क्रकिट संरचना र स्वरूप परिवर्तन नगर्नु भनेको ठाउँमा नगरप्रमुखले साइनबोर्ड राखेर अदालतको मानहानी गदै संरचना निर्माण गरेको उनको भनाइ छ । काफ्ले प्रश्न गरे ‘मानव बस्ती भित्र छिरेर सर्दु जलाधार क्षेत्र भन्ने कस्तो नगरप्रमुख हो ?’ सर्दु जलाधार क्षेत्रको सिमाङ्कन गर्नु पर्ने बताउँदै हचुवाको तालमा सर्दु जलाधार क्षेत्र भनेर बोर्ड राख्नु नहुने अध्यक्ष काफ्लेको भनाई छ ।