धरान/साङघुुङगेहाङ सेरेङ लिङथेप लिम्बु वंशावली २०८२ बिमोचन धरानमा सम्पन्न भएको छ । धरान–८ स्थित लाङ्गाली सामुदायिक वनको सभा भवनमा लिङथेप कल्याणकारी समितिको आयोजनामा वैशाख ९ गते मंगलबार वंशावली विमोचन सम्पन्न भएको हो । संस्थाका उपाध्यक्ष ईन्द्रमान लिङथेपले बिमोचन कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि बिषेश अतिथि र सहभागी वंशावली बन्धुहरुलाई स्वागत सम्मान गरेका थिए । लिङथेप कल्याणकारी समिति संखुवासभा जिल्लाको मादी नगरपालिकामा स्थापना भई २०७२ साल देखि वंशावली खोज तथा अनुसन्धान शुुरु गरिएको लिङथेप वंशावली पुुस्तक लेखक तथा सम्पादक उत्तम लिङथेप लिम्बुले बताए । 

7, Lingtep

नेपालको विभिन्न जिल्लामा बसोबास गर्ने लिङथेपहरु हाल सम्म २२० घरधुुरी रहेको लेखक लिम्बुुले जानकरी दिए । संखुवासभाको मादी नगरपालिका वार्ड नं. ७,८् र ९ मा लिङथेपहरुको बाक्लो बसोबास रहेको समेत लेखक लिङथेपले कोशीपोष्ट डटकम संगको कुुराकानीमा बताए । लिङथेप वंशावली भित्र हाडनाता नपरोस र कुलकुटुुम्ब प्रस्ट होस् भन्ने उद्देश्यले छोरीछेली पटिको ज्वाईहरुको नाम थर र वंश छुुट्याईएको छ । लिङथेपहरुको पहिलो संस्करण वंशावली भएकाले आधिुुनिक किसिमको (सोध बिधिबाट) तथ्याङ्क तयार गरिएको लेखक लिङथेपको दावी छ । 

9, Lingthep

लिङथेपहरु संखुवासभा,धनकुटा,सुनसरी,मोरङ,झापा,ईलाम र केही दाजिलिङमा समेत बसोबास गर्ने गरेको लिङथेप कलणकारी समितिको अध्ययनले देखाएको छ । विमोचन कार्यक्रममा विभिन्न जिल्लाका लिङथेप वंशावली बन्धुु दाजुुभाई छोरीचेलीहरुको बाक्लो उपस्थिति रहेको थियो । बिमोचन कार्यक्रममा शुुभकामना दिदै उदय तुम्माफेले वंशावली संकलन र प्रकाशन गर्न कठिन काम भएको बताए । वंशावली एक पटकमा पुरा र पूूर्ण नहुुने समेत उनको तर्क थियो । वंशावलीमा छुुटेका कुरा र समेट्न बाकी रहेका विषय बस्तुुलाई सबै एक डिक्का भएर मिलाउदै लैजानुु पर्नेमा तुम्माफेले सुुझाब दिए । 

3, Lingthep

बिमोचन कार्यक्रममा केलाङ नृत्य र यालाङ समूहको नृत्य समेत प्रदर्शन गरिएको थियो । विमोचन कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रबाट वंशावली संस्थालाई आर्थिक ,नितिगत तथा संस्थागत सहयोग गर्ने मनकारी सहयोगी महानुुभावहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो । उक्त कार्यक्रममा लिङथेप वंशाका छोरीचेलीहरुलाई समेत सम्मान गरिएको छ । बिमोचन कार्यक्रममा ३ सय बढी वंशावली बन्धुहरु उपस्थित रहेका थिए । 

2 Lingthep

सुवेदार तुलाराम सेरेङ लिङथेपको अध्यक्षतामा भएको सो बिमोचन कार्यक्रम संस्थाका केन्द्रिय सदस्य शशीकुुमार लिङथेपले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका वडाअध्यक्षहरु विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

13