धरान / लोकतन्त्रको विकल्पमा राजतन्त्र हुन नसक्ने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यावदले बताएका छन् । शनिबार धरान आएका यादवले पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् । संघियाताको विकल्पमा एकात्मक निरंकुश केही कुनै शासन हुन सक्दैन अध्यक्ष यादवले भने । ‘राजनीतिक दलहरुले गल्ती गरेका छन् भने सुधार्नु पर्छ जनताको विश्वास जित्नु पर्छ नभए जनताले अर्को दल बनाउछ एउटा दलले पत्याएन भने जनताले अर्को दल ल्याउँछ लोकतन्त्रको व्युटी नै त्यही हो’अध्यक्ष यदवले भने ।
दलिय व्यवस्थालाई समाप्त गरेर ३० बर्ष सम्मको निरंकुस, निर्दलिय व्यवस्था जनताले भोगी सकेको उनेले बताए । ‘राजतन्त्रलाई ३० वर्ष देखि हजारौ जनताले वलिदान गरेर फालेको हो यो उचित विकल्प होईन, हुन सक्दैन’ उनले भने । पूूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले आदीवासी जनजातीले उठाएका मुद्धालाई राज्यले सम्वोधन नगर्ने हो भने भविश्यमा विस्फोटकको रुप लिने चेतावनी समेत दिए । ‘अहिले मुद्धालाई बुझाउने, सचेत गराउने कार्य भएको छ र अब आउने दिनमा यतिकै रहनेवाला छैन’ उनले चेतावनी साथ भने ।

जनता समाजवादी पार्टी नेपाल प्रदेश न १ पुनः नामाङ्कन आन्दोलन परिचालन एवं समन्वय समितिको आयोजनामा कोशी नाम र केवलकार खारेज तथा पहिचानको आन्दोलन कार्यदिशाू बिषयक गोष्ठी कार्यक्रम अध्यक्ष यादव धरान आएका थिए । जनता समाजवादी पार्टी नेपाल प्रदेश न १ पुनः नामाङ्कन आन्दोलन परिचालन एवं समन्वय समितिको आयोजनामा कोशी नाम र केवलकार खारेज तथा पहिचानको आन्दोलन कार्यदिशा षियक गोष्ठी कार्यक्रममा अध्यक्ष यादव धरान आएका थिए ।
पुर्व उपप्रधानमन्त्री मन्त्री तथा अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा, सह अध्यक्ष तथा पुर्व मन्त्री रकम चेम्जोङको अध्यक्षतामा र लेखक बिश्लेषक खगेन्द्र सङ्ग्रौलाको आतिथ्यमा भएको गोष्ठी कार्यक्रममा राष्ट्रिय जनमुक्ति पाटीका अध्यक्ष केपी पालुङ्वा, पहिचानवादीका नेता डकेन्द्रसिंह थेगिम साहित्यकार तथा लेखक खगेन्द्र संग्रोला लगायत जसपाका नेता तथा पहिचानवादी नेताहरुले गोष्ठीलाई सम्वोधन गरेका थिए । उक्त कार्यक्रममा प्रदेश १ का विभिन्न जिल्लाका जसपाका नेता तथा कार्यकर्ताको समेत सहभागीता रहेको थियो ।