सुनसरी / सुनसरीको हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमा इलाकाबाट करिब १ हजार १ सय २० किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । मंगलबार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट घुस्की, बसन्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सोही ठाउँमा ३८ वटा प्लास्टिकको बोरामा प्याक गरी बालुवा मुनी लुकाइछिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको हो ।
बरामद गाँजा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।