खाँदबारी / दुुई जलबिद्युत सहित संखुवासभामा पाँच वटा काठेपुल बगाएको छ । जिल्लाको भोटखोला गाउँपालिकामा पाँच वटा काठेपुल बाढीले बगाएको हो । बाढीले भोटखोला(३ मा रहेका दुई जलविद्युत् आयोजना बगाउँदा २५० घर विद्युत्विहीन बनेका छन् ।

खाँदबारी(किमाथाङ्का सडकखण्डको हटिया र हुङहुङ सडक बाढीले बगाउँदा यातायात अवरुद्ध। भएको छ । जिल्लाकोे उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच वटा काठेपुल बाढीले बगाएको हो । बुधबारको बाढीले भोटखोला वडा नम्बर १, २ र १, ३ जोड्ने धुङगोपा खोलाका दुई वटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । 

बाढीले भोटखोला १ र ३ जोड्ने घङजुङमा खोलाको काठेपुल पनि बगाएको छ । भोटखोला १ र ३ जोड्ने छोकाङ खोला, भोटखोला १ र ३ जोड्ने माप्च्या खोलाको पुल पनि बगाएको छ । यसैबीच केही दिन अघिको बाढीले भोटखोला गाउँपालिका–३ मा निर्माण भएका दुई वटा साना जलविद्युत् आयोजना बगाएपछि २५० घर विद्युत्विहीन बनेको प्रहरीले जनाएको छ ।  

बाढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको हटिया र हुङहुङ सडक बगाउँदा खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ ।  

301237839-775165910202031-1577179248258595507-n-1