सप्तरी/ प्रेमीले गर्भ बोकाएर छाडेपछि अहिले ४ महिनाको गर्भ बोकेर युुवती न्यायका लागि संचारकर्मी र प्रहरीमा पुुगेकी छिन् । केही समययता बिहेको प्रलोभन देखाई शारीरिक सम्बन्ध कायम गर्ने अनी त्यसपछि विभिन्न बहाना देखाई प्रेमिकालाई ‘घर न घाटकी’ बनाउने प्रवृत्तीका घट्ना समाजमा बढ्दो क्रममा छ । यस्तै प्रवृत्तीको शिकार भएकी छिन् सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ की २० वर्षीया कल्पना (नाम परिवर्तन) । उनी अहिले न्यायका लागि संचारकर्मी र अधिकारकर्मी हुँदै प्रहरीमा पुगेकी छिन् ।
न्यायका लागि संचारकर्मी र अधिकारकर्मी गुहादै प्रहरीमा पुुगेकी कल्पनालाई आफ्नो प्रेमी सोही वडाका २४ वर्षीय शिवजी खड्काले ४ महिनाको गर्भ बोकाएर फरार भएको युुवतीको आरोप छ । उनलाई विवाहको प्रलोभन देखाई पटक पटक शारीरिक सम्बन्ध स्थापित गदै आएको र गर्भ बसेको पत्ता लागेपछि उनको प्रेमी शिवजी कल्पनालाई छाडेर हिडेपछि अहिले कल्पना विच्चलीमा परेकी हुुन् ।
गाउँघरमा भएको पंचायतीको निर्णय समेत पालना नगरी शिवजी फरार भएपछि न्यायका लागि सदरमुकाम राजविराज आई पुगेकी कल्पनाले जिल्ला प्रहरी कार्यालयमा प्रेमी शिवजी र उनको अभिभावक विरुद्ध उजूरी दिएकी छिन् । उनले आफूलाई यस्तो अवस्थामा पु¥याउने शिवजीले बाचा अनुसार विवाह नगर्दा घर न घाटकी भएको भन्दै उनी विरुद्ध जवरजस्ती करणी कसुरमा मुद्दा चलाउन आग्रह गदै निवेदन दिएकी छिन् ।
हाल कक्षा १२ उत्तिर्ण गरेकी कल्पना कक्षा १० मा पढ्दा पढ्दै शिवजी संग प्रेम सम्बन्धमा परेको उजुरीमा उल्लेख गरेकी छिन् । सोही क्रममा विहेको प्रलोभन देखाई विगत २ बर्ष देखि शिवजीले आफू संग जवरजस्ती शारीरिक सम्बन्ध कायम गरेको कल्पनाको भनाई छ । स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा उनी ४ महिनाको गर्भवती भएको रिपोर्टले देखाएको छ । २०८२ बैशाख १४ गते उनी २० बर्ष पार गरी २१ औं बर्षमा प्रवेश गरेकी छिन् । कानुनी व्यवस्था अनुसार उनको विहे गर्ने उमेर पनि पुगिसकेको छ ।
घट्ना सार्वजनिक र चर्किदै गएपछि गाउँमा गत २०८१ चैत्र १२ गते पंचायती समेत बसेको थियो । जसमा दुवै पक्षका अभिभावक, भरभलादमी र प्रहरीको उपस्थितिमा शिवजीले कल्पनाको उमेर पुगेपछि विहे गर्ने लिखित कबूल गरेका थिए । तर, अहिले आएर शिवजीले बोली फेरेको र छाडेर भागेको कल्पना बताउँछिन् ।
अहिले शिवजीले बिहे गर्न अस्विकार गरेको र उनका अभिभावकले पनि घरमा राख्न इन्कार गरेकाले बाध्यभई कानुनी उपचारमा लागेको पिडित कल्पनाले सुनाईन् । ‘शुरुमा विहेको प्रलोभन देखाई जवरजस्ती शारीरिक सम्बन्ध स्थापित गरे, गर्भवती भएपछि विहेको उमेर पुग्नासाथ विहे गर्छु भनि सार्वजनिक रुपमै पंचायतीमा लिखित कबोल पनि गरे, उनले थपिन–अहिले आएर शिवजी भारततिर भागेका छन् भने अहिले मलाई शिवजीको उनका अभिभावकले घरमा बस्न र छिर्न दिदैन्’ दुखेसो पोख्दै कल्पनाले बताईन् ।
घरमा गयो भने कुटपिट गर्दै लखेट्छन, माईती गयो भने “तैले आफ्नो मर्जीले विहे गरिस् भन्दै बस्न दिदैनन्” कल्पनाले रुदै सुनाईन् । उनले पेटमा रहेको गर्भ फाल्न शिवजी र उनका अभिभावकबाट पटक पटक प्रयास र दवाव दिएकोे बताउँदै आफुुले गर्भ फाल्न नमानेपछि अनेकौं प्रकारले दुख दिन थालिएको पिडित कल्पनाले सुनाईन् ।
घरमा अन्न नभएका कारण भोकभोकै बस्ने अवस्था आएपछि मंगलबार छिमेकी एकजना संग एक हजार दुई सय रुपैया सापटी मागेर १० दिन जति पुग्ने चामल, दाल, च्यूरा, मुरही, मसला र तरकारी किनेर ल्याएको उनले बताईन्् । ऋण काढेर ल्याएको पैसा फिर्ता गर्ने हैसियत आफूसंग नरहेकाले सापटी दिने छिमेकीको खेतमा ४–५ दिन खेतबारीमा (मजदूरी) को काम गरेर ऋण चुक्ता गर्ने सोच रहेको उनले सुुनाईन् ।
प्रेमी शिवजी र उनका आफन्तले केही पैसा लेउ र अर्कै केटा संग विहे गरी जाऊ भन्दै प्रलोभन देखाउने गरेको समेत कल्पनाले बताईन् । प्रहरी उपरीक्षक खतिवडाले कल्पनाको समस्यालाई आफूले गभिरतापुर्वक लिदै मातहतका प्रहरी निकायलाई शिवजी र उनका आफन्तको खोज तलाश गरी अविलम्ब झिकाउन निर्दैशन दिई सकिएको जानकारी दिए । ‘शुरुमा घर बसाउने र कल्पनालाई सुरक्षित साथ बस्ने वातावरण मिलाउने प्रयास गरिन्छ, केही सीप नलागे कानुनी प्रक्रिया शुरु गरी दोषीलाई कारवाही गरिन्छ’ प्रहरी खतिवडाले भने ।
‘आजभोली यस प्रकारका घट्ना समाजमा निकै बढ्न थालेको छ ।, यस्ता घट्ना प्रति हामी पनि चिन्ति छौं, यस तर्फ बर्तमान पुस्ता र उनका अभिभावक सचेत हुुनुुपर्छ ’ प्रहरी खतिवडाले भने ।