धरान/ वि.पि कोइरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रका क्यान्टिनमा म्याद गुुज्रिएको खाना बिक्री गर्ने गरेको पाईएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्यान्टिनमा बासी र म्याद गुुज्रिएका खानेकुरा बिक्री गर्ने गरिएको पाईएको हो । क्यान्टिनहरूमा म्याद गुज्रिएको खाद्य सामग्री बिक्री गर्ने र सरसफाइ नभएको अनुुगमन टोलीले फेला पारेको छ । 

धरान उपमहानगरपालिकाको अनुगमन महाशाखाले बीपी प्रतिष्ठान र विजयपुर अस्पतालमा अनुगमन गर्दा यस्तो भयावह अवस्था देखिएको हो । अनुगमनका क्रममा क्यान्टिनमा विक्रीको लागि राखिएका थुप्रै सामग्री म्याद गुज्रिएको अवस्थामा भेटिए, त्यस्तै दुई–तीन दिनअगाडि पकाइएका बासी परिकारसमेत बिक्री गर्ने गरिएको अनुुगमन टोलीले भेटेका हुुन् । 

धरान उपमहानगरपालिकाका उपमेयर तथा अनुगमन संयोजक अइन्द्रविक्रम बेघाले अनुगमनका क्रममा देखिएको अवस्था चिन्ताजनक भएको भन्दै क्यान्टिन सञ्चालकहरूलाई तत्काल सुधारको निर्देशन दिइएको छन् । विरामी र कुरुवाका लागि सेवा दिने भनिएका क्यान्टिनमै स्वच्छता र म्यादको बेवास्ता हुनु लाजमर्दो भएको उपमेयर बेघाले बताए ।

301237839-775165910202031-1577179248258595507-n-1

क्यान्टिन सञ्चालकहरूलाई म्याद गुज्रिएको सामग्री तत्काल नष्ट गर्न र आउँदा दिनहरुमा यस्ता गल्ती भएको भेटिएमा कडा कारबाही हुने समेत उपमेयर बेघाले चेतावनी दिए । अनुगमनमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगु, इलाका प्रशासन कार्यालयका प्रतिनिधि, नगरको अनुगमन शाखा प्रमुख वेदप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो । स्वास्थ्य संवेदनशील क्षेत्रका रूपमा चिनिएको बीपी प्रतिष्ठानभित्रै यस्तो दुव्र्यवस्था देखिनु अस्पताल प्रशासनका लागि पनि लजाष्पत भएको बताए । 

धरान स्मार्ट सिटी बन्ने योजनामा अघि बढिरहँदा अस्पताल भित्रै लापरबाही देखिन्दा गम्भीर प्रश्न खडा भएको छ । क्यान्टिन सञ्चालकहरूले पूर्वतयारी नगरी अर्डर आउनासाथ ताजा खाना दिने प्रतिबद्धता जनाए पनि विरामी कुरुवाहरु क्यान्टिनको बासी खाना खाएर बिरामी परेको गुनासोहरू लगातार आइरहेका छन्।् । निगरानी गर्ने निकायले प्रभावकारी भूमिका खेल्न नसकेको सेवागाहीहरु गुनासो पोख्छन् । अस्पताल प्रशासन र सरोकारवाला निकायहरूले देखावटी अनुगमन गरेर सर्वसाधारण झुक्याउनु भन्दा कडाइका साथ नियम कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको सेवा गाहीहरुको भनाई छ ।