सुुनसरी/ सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा १६ वर्षदेखि फरार रहेका प्रतिवादी रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गत शुक्रबार बिहान साढे ११ बजे बराहक्षेत्र नगरपालिका–१, भलायोटार टोलस्थित राईको आफ्नै घरबाट उनलाई पक्राउ गरेको हो ।

राईलाई सुनसरी जिल्ला अदालतले मिति २०६६ साल फागुन १३ गतेको फैसलामार्फत एक वर्ष कैद र दुई सय पच्चिस रुपैयाँ जरिवाना तोकेको थियो । जिल्ला अदालत सुनसरीको लगत नं २९५१ मा उनको नाम उल्लेखित रहेको छ । पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा राखिएको र जिलला अदालत सुनसरीमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

301237839-775165910202031-1577179248258595507-n-1