काभ्रे / सुनकोशी नदीमा डुुबेर एक जनाको मृत्यु भएको छ । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ३ स्थित चुखावेशीमा सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महाभारत गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय साजन बाईबा रहेका छन् । 

सुनकोशीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिन बहादुर घलेले रातोपाटीलाई बताए । मृतक बाईबा वृहत् खानेपानी आयोजनाको ट्याङ्की बनाउने मजदुर हुन् । पौडी खेल्दा डुबेका उनी करिब ५० मिटर तल मृत भेटिएका डीएसपी घलेले जानकारी दिए ।

301237839-775165910202031-1577179248258595507-n-1