उदयपुर/ उदयपुरमा खयरको रुख कटान गरी व्यापक तस्करी भएको छ । उदयपुरको कटारी नगरपालिका वडा नं. १० अन्तर्गत पाल्सीङ्ग भन्ने ठाउँमा खयरको रुख अबैध?पमा कटान गरी व्यापक तस्करी भएको हो । तस्करीले खयरको रुख काटेर लगेपछि घना बन रहेको उक्त क्षेत्रको बनभरी खयरका ठुट्टा मात्रै रहेका छन् । उक्त तस्करीमा स्थानीयसमेत गरी दुई दर्जन बढीको संलग्नता रहेको प्रारम्भीक अनुमान लगाइएको छ । खयर तस्करीमा संलग्न भएको आरोपमा स्थानीय तीनजना विरुद्ध डिभिजन बन कार्यालय त्रिवेणीमा उजुरी दिइएको छ । स्थानीय गणेशबहादुर राउतले उक्त मुद्दा हालेका हुन् । 

खयरका रुख काटिएको ठुट्टा, खयर ढुवानी हुँदै गरेको गाडी र गाडी नम्बर सहित उल्लेख गरेर दिइएको उजुरीमा स्थानीय निरज थापा, काजीबहादुर राउत र रामकृष्ण राउतको नाम उल्लेख छ । त्यसैगरी तस्करीका खयर ढुवानीमा बा२०च ७२६१ उल्लेख छ । खयरको रुख तस्करीका मूख्य नाइके भीम मगर भएको मुद्दा हाल्ने गणेश बहादुर राउतले दाबी गरे । खयरको रुख तस्करीको विषयलाई लिएर मगरले गणेशबहादुर राउतलाई ज्यान मार्ने धम्की समेत दिएको बताए । ‘नयाँ–नयाँ नम्बरबाट थप फोनहरु आइरहेको छ ।’ गणेश राउतले भने– ‘ज्यान मार्ने धम्की आएसँगै थप नयाँ नम्बरहरुबाट फोन आइरहेको संभवत तिनै तस्करीको हुनसक्छ ।’

301237839-775165910202031-1577179248258595507-n-1

निवदेनमा कुनै पनि निकायबाट स्वीकृत नलिई अबैधानिक तथा गैह्र कानुनी किसिमले खयरका ?ख काटेर तस्करी गरिएको बताइएको छ । त्यस्तै के कति खयर त्यसरी काटिएको हो, स्थलगत हेरी तस्करीमा संलग्नह?लाई प्रचलित ऐन बमोजिम कारवाहीको माग गर्दै बनको सुरक्षा गर्न भनिएको छ । 

डिभिजन बन कार्यालय त्रिवेणीका बन अधिकृत अरविन्द पाण्डेले खयरका ?ख तस्करी भएको स्वीकारे । ‘हामीले बनमा गएर स्थलगत अवलोकन गर्दा खयरका ?ख तस्करी भएको छ ।’ उनले भने– ‘मुचुल्का उठाइसकिएको र आरोपितह?लाई पक्राउ पुर्जी जारी गरिसकिएको छ ।’ संलग्नह?लाई आवश्यक छानविन गरी कारवाही गरिने अधिकृत पाण्डेले बताए । यद्यपी निवेदनमा उल्लेख भएका आरोपीह? फरार रहेको पनि पाण्डेले जानकारी दिए । 

यहाँबाट तस्करी भएको खयर भारततर्फ विक्री वितरणको लागि लैजाने गरेको बताइन्छ । बहुउपयोगी खयरमा औषधिय गुण हुने गर्दछ । महंगोमा विक्री हुने खयरबाट बहुमूल्य औषधी, फरफ्यूमलगायतका बस्तुह? बनाउने गरिन्छ । यसलाई चियापत्तीका रुपमा प्रयोग गरिनुका साथै घरेलु मदिराहरुमा समेत यसको प्रयोग गर्ने गरिन्छ ।