चितवन / चितवनमा बस र इभी माइक्रो बस ठोकिन्दा ७ जनाको मृत्यु भएको छ । शनिबार बिहान राप्ती नगरपालिका(३ मा भएको दुर्घटनामा ३१ जना घाइते भएका छन्। । मृतकहरुको सनाखत हुन बाँकी छ र शव भरतपुर अस्पतालमा राखिएको छ ।

2, Koshipost

चितवनमा यात्रुु वाहक बस र ईभी माइक्रो बस शनिबार बिहान एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको हो।  पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मा भएको सो दुर्घटनामा थुप्रै घाइते भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए । मृतकहरुको सनाखत भइनसकेको पौडेलको भनाई छ ।

शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किएको थियोे ।

301237839-775165910202031-1577179248258595507-n-1