इलाम / बालिकालाई यौनदुुव्र्यवहार गरेके आरोपमा एमाले नेता पक्राउ परेका छन् । इलामको माई नगरपालिका–२ निवासी ५२ वर्षीय खेमराज ढकाललाई नाबालिका छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आइतबार साँझ उनी आफ्नै घरबाट नियन्त्रणमा लिइएको इलाम प्रहरीले जनाएको छ ।
ढकालले माई नगरपालिकास्थित आफूले सञ्चालन गर्दै आएको हरियाली रेसम शैक्षिक सार्वजनिक गुठी स्कुलकै एक छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले दानाबारीस्थित लोदिया प्रहरी चौकी घेराउ गर्दै ढकालमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् ।
इलाम जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका ढकाल नेकपा एमालेका विभिन्न तहका जिम्मेवार पदमा समेत रहेका छन्। । उनी नेकपा (एमाल) जिल्ला सल्लाहकार परिषद् सदस्य, बुद्धिजीवी परिषद् जिल्लम सदस्य, माई नगरपालिका–१३ का इलाका सचिव तथा माई नगरपालिका शिक्षा समिति सदस्य रहेको प्रहरी जानकारी दिए । ढकाललाई जिल्ला प्रहरी कार्यालय इलाम ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।