धरान / सुनसरीको धरानमा केही वडाकार्यलय र बालसञ्जालको पहलमा ७८ जना एस ई ई परिक्षा दिएर बसेका विद्यार्थीहरुले आधारभूत कम्प्यूटर तालिम लिएका छन् । धरानमा रहेको हाम्रो अभियान कम्प्युटर प्रयोगको व्यावहारिक ज्ञान प्रदान भन्ने मिक कम्प्युुटर प्रा.लि बाट विद्यार्थीहरुले ३ महिने तालिम लिएका हुुन् । 

धरान वडा नम्बर ११ बाट ३७ जना वडा नम्बर ३ बाट १७ जना र वडा नम्बर ९ बाट २४ जना गरी ७८ जना विद्यार्थीहरुले निःशुुल्क आधारभुुत कम्प्युुटर तालिम लिएका छन् । मिक कम्प्युटर प्रा.लि का सञ्चालक तथा प्रवन्ध निर्देशक राजकुमार थोप्राले वडाबाट सिफारिस भई आएका एस ई ई दिएर बसेका विद्यार्थीहरुलाई वडाको आर्थिक सहयोगमा आफ्नो प्रा.लि. मा आधारभूत कम्प्युुटर तालिम दिएको बताए । आधारभूत ३ महिने तालिममा छुुटेका र तालिममा नबुुझेका कुरा सिक्न र ज्ञान लिन सधै मिक कम्प्यूटर प्रा. लि. को ढोका खुल्ला रहेको समेत निर्देशक थोप्राले बताए । 

2, Koshipost

एस ई ई दिएर खाली समयमा बसेका विद्यार्थीहरुलाई समयको सदुुुपयोग होस्् भन्ने उद्देश्यले वडामा आफुुुहरुले प्रपोजल हाली कार्यक्रम मागेको र सोही अनुुसार वडाले आर्थिक सहयोग गरेका कारण विद्यार्थीहरुलाई निःशुल्क आधारभुुत कम्प्युुटर तालिम प्रदान गर्न सफल भएको धरान ११ बाल सञ्जालका अध्यक्ष रोजन शंकरले जानकारी दिए । यसै अवसरमा धरानका अन्य वडाका ४१ जना विद्यार्थीहरु पनि प्रत्यक्ष सहभागिता भएको अध्यक्ष शंकरले बताए । 

कार्यक्रमलाई सम्बोधन गदै धरान ११ का वडाअध्यक्ष लोकेन्द्र फागोले आफ्ना वडाबासीहरूका लागि ३ महिने कम्प्युटर सीप तालिमका लागि २०८१/0८२ को बजेट बिनियोजन गरेकोे बताए । सूचना प्रविधि (आइ.टी।) क्षेत्रमा आफ्नो वडावासीहरु अगाडी बढोस् भन्ने उद्देश्यले वडाबाट आधारभूत कम्प्युटर तालिमका लागि बालसञ्जालको अनुरोधमा आर्थिक सहयोग उपलब्ध गरेको अध्यक्ष फागोले जानकारी गराउँदै आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाए । २०८१ को एस ई इ परिक्षामा समेल भएका र हालसालै आएको परिक्षाको नतिजामा पास भएका विद्यार्थीहरुलाई बदाई तथा शुभकामना दिदै मिक कम्प्युटर प्रा.लि. लाई सहयोगका लागि अध्यक्ष फोगोले धन्यवाद् दिए । 

301237839-775165910202031-1577179248258595507-n-1

त्यस्तैः धरान ९ नम्बर वडाका वडाअध्यक्ष रुपेश आर्चायले अहिले दैनिक काम काजका लागि कम्प्युुटर मानिसको जिवनमा अपरिहार्य भएका कारण आफ्नो वडाका विद्यार्थीहरुको पढाई नभएको खाली समयमा आधारभुुत कम्प्युटर तालिमका लागि आर्थिक सहयोग गरेको बताए । ‘हामीेले सहयोग गरेका छौं,वडावासी विद्यार्थीहरुलाई तपाईहरुले सफलता साथ प्राविधिक ज्ञान हासिल गर्नुहोस् र वडा लगायत धरानमै कम्प्युटर सम्बन्धी रोजगारको कोठा खुुलेको बेला स्वरोजगार बन्न सक्नुहोस् भन्ने मेरो र वडा कार्य समितिको शुुभकामना छ’ वडाअधयक्ष आर्चायले बधाई तथा शुुभकामना दिदै भने । 

आधारभुुत ३ महिने कम्प्युटर तालिमका लागि धरान ११ धरान ९ र धरान ३ नम्बर वडा कार्यसमितिले विद्यार्थीहरुलाई निःशुुल्क कम्प्युुटर तालिमका लागि २०८१र८२ को बजेटबाट आर्थिक सहयोग उपलब्ध गराएकोमा ३ वटै वडा समितिलाई हार्दिक धन्यवाद ज्ञापन गदै आगमी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा राख्दै मिकका निर्देशक थोप्राले पुुनः धन्यवाद् दिए । आधारभूूत तालिममा सहभागी भएका सबै विद्यार्थीहरुलाई दक्ष बनाएर पठाउने जानकारी दिदै अन्य कोष सम्बन्धी तालिम लिन परेमा आफ्नो प्रा.लि ले केही छुुुट्मा तालिम दिईने समेत निर्देशक थोप्राले बताए । 

यही असार १६ गते आधारभूत तालिमको समापन गरिएको छ । समापनको अवसरमा तालिम लिन आएका सबै विद्यार्थीहरुलाई खदा ओढाएर प्रमाण पत्र वितरण गरिएको थियो ।  धरान ११ का वडा अध्यक्ष र धरान ९ का वडाअध्यक्षले विद्यार्थीहरुलाई सिप सिकेको प्रमाण पत्र वितरण गरेका थिए । समापन कार्यक्रममा आर्थिक सहयोग गर्ने वडाका जनप्रतिनिधिहरु, संचारकर्मीहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

13

9

5

7