विराटनगर/ विराटनगरमा पत्रकारहरूका लागि २ दिने मोबाइल पत्रकारिता (MOJO)  तालिम सम्पन्न भएको छ । असार १९ र २० गते प्रेस सेन्टर नेपाल प्रदेश १ समितिको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा मोबाइल फोनकै माध्यमबाट समाचार संकलन, सम्पादन र प्रकाशन गर्न सकिने सीप प्रदान गरिएको थियो । सहभागी पत्रकारहरूलाई डिजिटल पत्रकारिताको वर्तमान आवश्यकता र प्रविधिको सही उपयोगबारे व्यावहारिक ज्ञान दिने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक तथा समितिका उपाध्यक्ष सुजता लिम्बुुले बताईन् । 

तालिममा प्रशिक्षकले मोबाइल एप्स, भिडिओ सम्पादन, रिपोर्टिङ टेक्निक, सामाजिक सञ्जालको भूमिका लगायतका विषयमा प्रशिक्षण दिएका थिए । तालिम कार्यक्रममा बोल्दै प्रशिक्षक भिषन राई र डिकेस लामाले आधुनिक पत्रकारितामा मोबाइल उपकरण नै सबैभन्दा उपयोगी र सुलभ माध्यम बनेको बताए । ग्रामीण क्षेत्रका पत्रकारहरूका लागि यो तालिम अझै उपयोगी हुुने राईले बताए । 

मोबाईल पत्रकारिता तालिममा प्रदेश १ का विभिन्न जिल्लाका युुवा पत्रकारहरु र कलेजका केही विद्यार्थीहरुको सहभागीता रहेको थियो । तालिम आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश १ को सहयोगमा सम्पन्न भएको थियो । 

301237839-775165910202031-1577179248258595507-n-1