धरान/ मेयर हर्क साम्पाङलाई भेट्न धरानका निर्माण व्यवसायीहरु कार्यालयमा पुुगेका छन् । कार्यालयमा आएका निर्माण व्यवसायीहरुलाई समस्यको समाधान छिट्टै हुुने आश्वासन दिदै ज्ञापनपत्र बुुझे । धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी नपाएको गुनासो गर्दै निर्माण व्यवसायीहरूले सोमबार (आज) हर्कराज राई हर्क  ‘साम्पाङ’लाई औपचारिक रूपमा ज्ञापनपत्र लिएर उपमहानगरपालिकामा पुुगी व्यवसायीहरुले ज्ञापन पत्र बुझाएका छन् ।

2, Koshipost

नेपाल निर्माण व्यवसायी संघ धरान उपमहानगर समितिका अध्यक्ष महेन्द्र प्रधानको नेतृत्वमा पुगेको टोलीमा संघका जिल्ला महासचिव तिल विक्रम लिम्बु, उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, नगरका पदाधिकारी, निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूको बाक्लो उपस्थिति थियो ।  ज्ञापनपत्रमार्फत व्यवसायीहरूले सम्पन्न भइसकेका निर्माण कार्य—जसमा सडक, नाला, भवन मर्मत, खानेपानी, ढललगायतका पूर्वाधार समेटिएका छन्—को भुक्तानी तत्काल उपलब्ध गराउन माग गरेका छन्।् ।

व्यवसायीहरूका अनुसार प्राविधिक परीक्षण, सुपरिवेक्षणलगायत सबै प्रक्रिया पुरा भए पनि बारम्बार आग्रह गर्दा पनि बिल प्रमाणीकरण तथा भुक्तानी प्रक्रिया अघि नबढेको गुनासो थियो । 

ज्ञापनपत्रमा उल्लेखित तीन मुख्य मागहरू

/ तोकिएको समयमा सम्पन्न गरिएका सबै कार्यको बाँकी भुक्तानी तुरुन्त दिनु ।

२/ बिल प्रमाणीकरण र भुक्तानी प्रक्रिया पारदर्शी र समयबद्ध बनाउनु ।

३/आगामी दिनमा यस्ता ढिलाइ नहोस् भन्ने सुनिश्चितता गर्नु ।

ज्ञापनपत्र बुझेपछि मेयर साम्पाङले उपस्थित व्यवसायीहरूसँग हात मिलाउँदै समस्या सानो ‘मिसअन्डरस्ट्यान्डिङ’का कारण भएको बताउँदै चाँडै समाधान गरिने प्रतिबद्धता जनाए । उनले भने, अब त्यो सानो समस्या मिलिसकेको छ, अब ढिलाइ हुँदैन, सबै भुक्तानी प्रक्रिया अघि बढ्छ ।

व्यवसायीहरूले असार मसान्त लागिसकेको अवस्थामा मजदुरको पारिश्रमिक र पसल–आपूर्तिकर्ताको भुक्तानी दिन नसकिएको गुनासो राखेका थिए । ज्ञापनपत्र हस्तान्तरणपछि सुउवासंघको आगामी असार ३० मा हुने निर्वाचनमा उमेद्वारी दिएका व्यवसायीहरुलाई शुभकामना आदानप्रदानका साथ टुंगिएको थियो । 

301237839-775165910202031-1577179248258595507-n-1