धरान / खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताएको छ । शनिबार धरानमा सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री यादवले धरानको खानेपानीसम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि सबै तहका सरकार, सरोकार भएका निकाय तथा स्थानीय बासिन्दाबीच हातेमालो आवश्यक भएको बताएको हो । 

मन्त्री यादवले आफू राजनीति गर्न मात्र नभई विद्यमान समस्याको समाधान खोज्न आएकाले सहकार्यमार्फत विकल्प खोजिने स्पष्ट पारे । खानेपानीसम्बन्धी समस्या समाधानका लागि तत्काल छलफल गरी विकल्पसहित सहकार्य अपरिहार्य रहेको उहाँले खाँचो औँल्याउनुभयो । “प्रधानमन्त्री स्वयंले धरानको समस्या समाधान गर्न मलाई पटकपटक निर्देशन दिनुभएको छ । तर यहाँ छलफल गर्न आएको बेलामा धरान नगरप्रमुखले समय दिनुभएन, यो दुःखद् हो”, मन्त्री यादवले कार्यक्रममा बोल्दै भने ।

301237839-775165910202031-1577179248258595507-n-1

मन्त्री यादवका अनुसार संघीय सरकारले धरानको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा ४ करोड बजेट विनियोजन गरिसकेको छ । “धरान नगरपालिकाले उक्त बजेट लिन मानेको छैन, यसले समाधान प्रक्रिया ढिलो बनाइरहेको छ”, मन्त्री यावदले थपे, “समस्या समाधानका लागि विनियोजित बजेट स्वीकार गरी सहकार्यमार्फत दीर्घकालीन उपाय अवलम्बन गरौँ ।” संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भएमात्र देशभरका खानेपानी समस्या समाधान सम्भव हुने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो । “खानेपानी मन्त्रालयको नेतृत्व सम्हालेसँगै जनतालाई समस्याबाट मुक्त गराउनु मेरो पहिलो प्राथमिकता र दायित्व हो”, मन्त्री यादवले भने । 

मन्त्री यादवले खानेपानीजस्तो आधारभूत विषयमा राजनीतिक पूर्वाग्रह नराख्न सबैलाई आग्रह गर्दै सबै पक्षले गम्भीरताका साथ हातेमालो गर्नुपर्नेमा जोड दिए । “छलफल गरेर मात्र समाधानको बाटो खुल्छ । सस्तो लोकप्रियताका लागि होइन, जनताको हितका लागि सबै मिलेर अघि बढ्न जरुरी छ”, मन्त्री यादवले भने । A9Lgobg59Rs?si