धरान / संघीय सरकारले धरानलाई दिएको ६अर्बको खानेपानी प्रोजेक्ट लागु भए धरानका मेयर हर्क साम्पाङको बिदेशी नेपालीलाई हात फैलाएर खाने कार्यक्र समाप्त हुने कोशी प्रदेश सभा सदस्य बिजय कुमार राईले बतए । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले धरानको खानेपानी समस्या दीर्घकालीन समाधान गर्न तिर नलागी सामजिक सञ्जालमा जनतालाई भ्रम छर्ने काम गरीरहेको सदस्य राईले आरोप लगाएको हो । 

उनले खानेपानीको प्रोजेक्ट कार्यान्वयन भयो नगर प्रमुख साम्पाङको एजेण्डा नै सिद्धिएर पैसा उठाउँदै आफ्नो हितमा प्रयोग गर्न नपाइने डरले ६ अर्बको आयोजना लिएर मन्त्री धरान आउँदा भागेको आरोप लगाए । सञ्चारकर्मीहरूलाई बिहीबार सांसद राईले भने ‘खानेपानीको आयोजनाबाट धरानको खानेपानी दीर्घकालीन रूपमा समाधान भए देश विदेशबाट सहयोग बन्द भएर आसेपासे, भरौटे, झोले, पुच्छर अन्धभक्तहरू पाल्न नसकिने डरले खानेपानी मन्त्री ६ अर्वको आयोजना लिएर आउँदा भागेको हो ।’

301237839-775165910202031-1577179248258595507-n-1

सामाजिक सञ्जालमा ढुङ्गा, पाईप बोकेको देखाएर विदेशबाट पैसा उठाउनु पाइँदैन भन्ने डरले एडिबीले दिएको ६ अर्ब  अनुदान लिन नखोजेको उनको भनाई छ । सांसद राईले भने ‘एडिबी परियोजनाले देशभर खानेपानीको लागि ५० अर्ब ऋण दिएको छ, त्यसमध्ये ६ अर्ब धरानका लागि अनुदान हो, ऋण दिएको होईन ।’ अनुदानमा १५ प्रतिशत स्थानीय सरकारले व्यहोर्नु पर्ने हो कुरालाई गलत व्याख्या गरेर नगर प्रमुख साम्पाङले ऋण बोकाउँदिन भन्ने बहाना निकाल्नुको मतलब के हो ? मन्त्री आफै आउँदा भाग्नु पर्ने कारण के हो ? प्रश्न गर्दै उनले भने ‘झोले झयाम्टे पुच्छर विनाको अन्धभक्त पाल्न नसकिने डर ले नै हुनुपर्छ ।’

उनले धरानको लागि ६ अर्बको परियोजना सुनौलो अवसर भएको बताए । यो अवसर गुमे फेरी अर्को अवसर तुरुन्त आउन नसक्ने बताउँदै भने ‘नगर प्रमुखले देखाएको जद्धीपन फिर्ता लिन नागरिक समाज, सरोकारवाल निकाय सबै मिलेर दबाब दिनु जरुरी छ ।’ उनका अनुसार खानेपानी समस्या न्यूनीकरण गर्न सङ्घीय सांसद अशोक राई प्रदेश सांसद रमेश बस्नेत सहित आफू नगरप्रमुखको कार्यकक्ष जाँदा खासै चासो नदेखाएको र पटक पटक भेट्न जाँदा समेत भेट्न नचाहेको फोन सम्पर्क गर्दा फोन रिसिभ गरेनन् । 

तर धरान बनाउन आफूहरू सङ्घर्ष गर्दै आएकोले प्रदेश सरकारले समस्या न्यूनीकरण गर्न २०८०र०८१ र २०८१ र०८२ को बजेटमा ३ वटा डिपबोरिङ सञ्चालन गरी ५५ देखि ६० लाख लिटर पानी निकालेको सुनाए । सांसद राईले भने‘दलहरूले चलाएको स्थानीय सरकार भन्दा बढी हालका नगरप्रमुख साम्पाङले चलाउँदा बडी आर्थिक अनियमितता भएको छ ।’

साम्पाङ आए देखि  हालसम्म एडिबीको ऋण तिरेका छैनन् । त्यहाँ उठेको रकम कहाँ जादैछ ? उनका अह्रौटे भरौटेका लागि मात्र बोर्डको रकम प्रयोग भईरहेको छ । उनले जनतामा भ्रम मात्र सिर्जना गरेका छन् । आर्थिक अनियमितता भएको महालेखा प्रतिवेदनमा समेत आएको छ । उनले भने ‘ढिलो छिटो पर्दाफास हुन्छ आर्थिक अनियमिताताको ।’ ‘मेयर सम्पाङका समर्थकले फेसबुकमा दिने गाली गलौजले केही असर गर्देन गाली ताली गोली खान तयार भएर म राजनीतिमा लागेको हुँ ’ सभा सदस्य राईले पत्रकारहरुसंगको कुराकानीमा भने ।