धरान/  फोनिजको २६ औं स्थापना दिवस प्रदेश १ मा भब्यताका साथ सम्मपन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ ले २६ औ फोनिज स्थापना दिवस सुुनसरीको धरानमा सम्पन्न गरेको हो । दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा विभिन्न जिल्लाका फोनिजकर्मीहरु भेला भएका थिए । 

99

साुँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले कार्यक्रमको उदघाटन गरेका थिए । दिवसको अवसरमा फोनिज प्रदेश पहिचान नगद पुरस्कार वितरणबाट २ जना फोनिजकर्मी पत्रकार सम्मानित तथा पुरस्कृत भएका छन् । २०५७ सालबाट निन्तर पहिचान आन्दोलनमा विभिन्न संचारगृहमा आबद्ध रहेर सक्रिय कलम चलाउदै आएका झापा जिल्लाका दमक नगरपालिका निवासी दिल कुमार लावती र २०७० सालबाट पहिचानका लागि कलम चलाउदै आएकी भोजपुुरकी भोजपुर नगरपालिका निवासी शारदा तामाङलाई दोसल्ला ओढाएर नगद १० / १० हजार सहित कदरपत्रले प्रमुुख अतिथि साँगुुरीगढी गाउँपालिकाका अध्यक्ष रुम्दाली राई र समाजसेवी टेक बहादुर लिम्बुुले सम्मान तथा पुुरस्कृत गरेको हो । 

66

फोनिज प्रदेश १ का निवर्तमान अध्यक्ष हाल कार्यसमितिका सल्लाहाकार संयोजक शन्तबीर लामाले सम्मानित तथा पुुरस्कृत हुने द्धया लावती र तामाङको बायोडाटा पढेर सुनाएका थिए । दिवस कार्यक्रममा प्रदेश समितिका उपाध्यक्ष खगेन्द्र राईले सम्मान पत्र पढेर सुुनाएका थिए । २६औं स्थापना दिवसको अवसरमा शुुभकामना तथा मन्तब्य राख्दै समाजसेवी टेक बहादुर लिम्बुुले फोनिज पत्रकारहरुले जनजातिकोे हकअधिकारका लागि कलम चलाउनु पर्ने बताए । राज्यले जनजातिको आवज दबाउन नमिल्ने बताउदै आदिवासी जनजाति पत्रकार मुुलुुकको आवज भएको लिम्बुको तर्क थियो । पत्रकारलाई अंकुुश लगाउन नहुुने धारण समेत लिम्बुले राखेका थिए । पत्रकारको काम सत्यको उजागर गर्ने रहेकाले समाज, देश र जनताको पक्षमा कलम चलाउन आग्रह गदै कार्यक्रमको सफलताको शुभकामना दिँदै सम्मानित तथा पुरस्कृत सबैलाई बधाई ज्ञापन गरे । 

44

फोनिज संघीय संस्थागत उपाध्यक्ष अर्जुन जम्मेली राईले २६औं स्थापना दिवसको अवसरमा शुुभकामना दिदै प्रदेश १ मा २ वटा भाषालाई प्रदेश सरकारले कामकाजको भाषा बनाउन दर्ता विधेयक ल्याउनु पर्ने बताए । गण्डकी प्रदेशमा ३ वटा भाषा परेकोमा २ वटा भाषा कामकाजको भाषा बनाउन लागेको भन्दै उपाध्यक्ष राईले गण्डी प्रदेशलाई धन्यवाद दिदै प्रदेश १ ले लिम्बु भाषा र मैथिली भाषालाई कामकाजको भाषा विधेयक दर्ता गर्नु पर्नेमा जोड दिएका थिए । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ ले उठाइरहेको आवज अरु संघ संगठनले उठाईरहेको छ कि छैन भन्ने कुरामा अहिले पनि दुुविधाको विषय आईरहेको प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष रुम्दाली राईले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताए । ‘यहाहरुले विभिन्न मिडियमा बसेर काम गरीरहनु भएको छ ।, विभिन्न ठुला मिडिया हाउसहरुमा बसेर काम गरीरहनु भएको छ तर आफ्नो जिम्मेवारी कतिको पुरा गरीरहनुु भएको छ ?’ प्रमुख अतिथि राईले पत्रकारहरुलाई प्रश्न समेत गरे । 

301237839-775165910202031-1577179248258595507-n-1

‘हामीले हाम्रो आवजलाई कहाँ सम्मा पुु¥याई रहेकाछौं ।, र हामीले जनजातिको आवज कतिको बुुलन्द गरीरहेका छौं ?, यो हामीले एक पटक सम्झ्नु पर्छ होला’ अध्यक्ष राईले थपे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ का नयाँ निर्वाचित कार्यसमितिलाई कार्यकालको शुुभकामना दिदै प्रदेश १ का सबै पत्रकारहरु र फोनिज कर्मीहरुको उद्देश्य प्राप्तीका लागि नयाँ कार्यसमितिले अब्ल भूमिका खेल्न सकोस भन्दै फोनिजको २६ औं स्थापना दिवस भब्य भएको अध्यक्ष राईले बताए । 

राईले पालिकाले पत्रकारलाई सुचना, सिपविकास र अन्य सहयोग गर्दै आएको जानकारी बताउदै पत्रकार नागरिकको घरआँगनसम्म पुगेर स्थानीय सरकारको प्रभावकारी र खबरदारी गरिरहन आग्रह गरे । सबै बर्गजातिको भाषा, कला, सस्कृति, जनजिविका र रैथानेपनका बिषयहरुमा अत्यन्तै धेरै रकम विनियोजन गरेर पालिकामा भौतिक, सास्कृतिक, प्राकृतिक क्षेत्रहरुमा पुर्वाधार निर्माण गरी पर्यटकिय हव बनेर आफ्नो पालिकाले नागरिकको आर्थिक सुधार गदै आएको प्रमुख अतिथि राईले बताए । उनले कार्यक्रमको सफलताको शुभकामना दिँदै सम्मानित तथा पुरस्कृत सबैलाई बधाई ज्ञापन गरे । 

स्थापना दिवसको अवसरमा फोनिज संघीय महाधिवेसनमा प्रदेश १ बाट  निर्वाचित भएका निर्वाचित १२ जना पदाधिकारी एवं निर्वाचित सदस्यहरुलाई शुभकामना पत्र वितरण गरिएको थियो । त्यस्तैः संस्थागत केन्द्रीय उपाअध्यक्ष पदमा निर्वाचित भएका २ जनालाई बधाइ पत्र वितरण गरिएको छ । कार्यक्रमको स्वागत् मन्तब्य प्रदेश कार्यसमितिका उपाध्यक्ष सुुप्रिया राईले गरेकी थिइन् । कार्यक्रममा सहभागी भएका प्रमुख अतिथि तथा अतिथिहरुलाई प्रदेश १ का कार्यसमितिका सदस्य निशा राई र सञ्चारकर्मी ऐलिना राईले खदा तथा ब्याज लगाएर स्वागत्् गरेकी थिइन् । दिवस कार्यक्रममा विभिन्न जिल्लाका फोनिज कर्मीहरु र विभिन्न संघ संगठनको प्रमुुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेकोे थियो ।

88

फोनिजको प्रदेश कार्यसमितिका अध्यक्ष विजय लावतीकोे सभापतित्वमा भएको कार्यक्रममा प्रदेश १ का कार्यसमिति सचिब दिल बहादुर राईले कार्यक्रम सञ्चालन गरेका थिए । फोनिज प्रदेश १ को २६औं स्थापना दिवसमा सहभागी भएका प्रमुुख अतिथि तथा अतिथि लगायत कार्यक्रममा सहभागी भएका संचारकार्मीहरु लगायत सहभागीहरुलाई अध्यक्ष लावतीले धन्यवाद दिएर कार्यक्रमको समापन गरेका थिए । 


777