कामाण्डौं / आशिका तामाङलाई भक्तपुुर जिल्ला अदालतले पाँच दिनको कैद सजय सुनाएको छ । तामाङ संगै २ जनालाई पनि अदालतले पाँच दिन कैद सजाय सुनाएको हो । न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय सुनाएको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन्।् ।
तामाङसँगै अर्का प्रतिवादी शरण तिरूवालाई पनि आपराधिक उपद्रवमा दोषी ठहर गरेको हो । सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले अवरोध र्पुयाएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोप थियो । त्यही विषयमा सूर्यविनायक नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो । त्यस मुद्दामा आशिका तामाङ र शरण तिरूवालाई पाँच(पाँच दिन कैद सजाय सुनाएको हो ।
त्यस्तै ५ सय रुपैयाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपैयाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २०० रुपैयाँ भराउने आदेश भएको हो । आशिका तामाङले साँगाको झोलुङ्गे पुलमा भएको घटनाबारे प्रहरी, सरकारी वकिल र अदालतमा समेत गल्ती स्वीकार गरिन् ।





















