धरान / सुुनाखरी एकेडेमीका १० र १२ कक्षाका विद्यार्थीहरुले ११ कक्षमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई विविध कार्यक्रम सहित स्वागत गरेका छन् । धरान–१२ मा अवस्थित सुनाखरीमा कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शुुक्रबार (आज) विद्यालयको प्राङ्गणमा विविध कार्यक्रमको आयोजना गरी स्वागत गरेका हुन् ।

24

एकेडेमीका प्रिन्सिपल मिलन राईले “सुनाखरी हल्लाको पछि नलागी गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वसनीय शैक्षिक संस्था भएको र आगामी दिनमा पनि अभिभावकको विश्वासलाई कायम नै राख्ने एकेडेमीको प्रतिबद्धता दोहोर्याएका थिए । कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख ध्रुबराज खड्काले विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेशमुखी नबनिन आग्रह गर्दै आफ्नै देशमा अध्ययन गरेर राष्ट्र विकासमा योगदान दिन प्रेरित गरे ।

18

त्यस्तै, संयोजक तपकुमार राईले प्लस टु शुरु भएदेखि हालसम्मका शैक्षिक उपलब्धि र सफलताबारे जानकारी गराएका थिए । प्रिन्सिपल राई, निर्देशक प्रदीप राई, प्लस टु संयोजक तपकुमार राई लगायतले नयाँ विद्यार्थीलाई खदा र अबिर लगाएर स्वागत गरेका थिए ।

19

कार्यक्रममा विद्यार्र्थीहरुले आकर्षक नृत्य, गीत र कविता प्रस्तुत गरेर कार्यक्रमलाई रमाईलो माहोल बनाएका थिए । एकेडेमीका निर्देशक तथा स्वागत कार्यक्रमको संयोजक प्रदीप राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका मौसमी कार्कीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रममा विद्यार्थीहरु,अभिभावक,अन्य विद्यालयका शिक्षक शिक्षिका र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

12 1

67

IMG_7947

1 15 1

21

301237839-775165910202031-1577179248258595507-n-1