सिरहा / जेन्जीको आन्दोलनको क्रममा कारागार र बाल सुधार गृहबाट भागेका तीन जनालाई सिरहा प्रहरीले समातेको छ । प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानको नेतृत्वमा खटिएको टोलीले भारतीय प्रहरीको सहयोगमा नेपाल–भारत सिमानाबाट उनीहरूलाई शुक्रबार साँझ करिब साढे ६ बजे समातेको हो । 

पक्राउ परेका मध्ये महोत्तरीको जलेश्वर कारागारबाट भागेका २६ वर्षीय रुपेश कुमार वैदार लागूऔषध र हातहतियार खरखजना सम्बन्धी मुद्दामा पूर्पक्ष कैदी थिए । यस्तै, पर्साको विर्ता बाल सुधार गृहबाट फरार १४ वर्षीय मो. सद्दाम अन्सारी जबरजस्ती करणी मुद्दामा र १५ वर्षीय मो. सहमद नदाफ कर्तव्यज्यान मुद्दामा सुधार गृहमा रहेका थिए । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहा मार्फत सम्बन्धित कारागार र सुधार गृहमा पठाउने तयारी भइरहेको प्रहरीेले जनाएको छ ।