उदयपुर / आईतबार खोला तर्ने क्रममा बगाएर एक जनाके मृत्युु भएको छ । उदयपुरगढी गाउँपालिका वडा नम्बर ६, धपरका ४० वर्षीय तोपबहादुर सार्कीको खोलाले बगाएर मृत्यु भएको हो । आइतबार साँझ करिब ५ बजे नेपालटार बजारबाट घर फर्कँदै गर्दा बैजनाथ खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव खोलाले करिब ५०० मिटर तलसम्म बगाएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको हो । घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ । सार्कीकोे शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















