काठमाण्डौं / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौं केन्द्रीय समितिको सातौं पूर्ण बैठक शुक्रबार साँझ सकिएको छ । बैठकले पार्टीको केन्द्रीय समिति भंग गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संयोजक तोक्दै केन्द्रीय समितिलाई विशेष महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ।

Thamel Mo MO Kepi Rai

यो आयोजक समितिले आगामी मंसिर मसान्तभित्र विशेष महाधिवेशन गरेर नेतृत्व अद्यावधिक गर्नेछ । ‘आगामी मंसीर मसान्तभित्र पार्टीको विशेष महाधिवेशन गर्ने गरी प्रचण्ड संयोजक रहने गरी महाधिवेशन आयोजक समिति र आयोजक समितिको सचिवालय गठन गर्ने,’ बैठकको निर्णयमा भनिएको छ। यसका अलावा केही बैठकका केही हाइलाइट तल सूत्रबद्ध गरिएको छ ।

301237839-775165910202031-1577179248258595507-n-1

१, बैठकले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव पारित गरेको छ। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले प्रस्तुत गरेको पार्टी रूपान्तरण सम्बन्धी महत्वपूर्ण विषयहरू समावेश गर्ने । २, बैठकले जेन–जी विद्रोहको भावनालाई सम्मान गर्दै पार्टीलाई शुद्धिकरण र पुनर्निर्माण गर्ने । ३, पार्टीको केन्द्रीय समिति भंग गरिएको छ। आगामी मंसीर मसान्तभित्र पार्टीको विशेष महाधिवेशन गर्ने गरी प्रचण्ड संयोजक रहने गरी महाधिवेशन आयोजक समिति र आयोजक समितिको सचिवालय गठन गर्ने ।

४, विचार मिल्ने माओवादी धारा एवं वामपन्थी पार्टीहरूबीच एकता गर्ने। एकताको प्रक्रिया तत्काल अगाडि बढाई विशेष महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा सम्पन्न गर्न जोड गर्ने। तर, निर्धारित मितिभित्रै विशेष महाधिवेशन गर्ने । ५, अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनका पक्षमा उभिँदै निर्वाचन सफल पार्न पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय भएको छ। बैठकले फागुन २१ गतेको निर्वाचन हुन नदिने प्रवृत्तिका विरूद्ध संघर्ष गर्दै निर्वाचनका पक्षमा वातावरण बनाउने ।

1, Dil Bahadur Rai 2082 Subhakamana

६, आसन्न निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउने, समानुपातिक निर्वाचन प्रणालीका पक्षमा उभिने र विज्ञहरूबाट मन्त्री बन्ने कुरालाई राष्ट्रिय मुद्दाका रूपमा उठाउने । ७, बैठकले पार्टीका नेताहरूको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगले जनस्तरबाट समेत सुझाव लिएर छानविनका आधारमा दोषीमाथि कार्वाहीको सिफारिस गर्ने ।

८, जेन–जी आन्दोलनले उठाएको ‘नेपोटिज्म’को विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ। बैठकले कार्यविधि बनाएर नेता–कार्यकर्ताका परिवारको जिम्मेवारी र जीवनशैलीबारे निर्णय लिनेछ । ९,पार्टी केन्द्रीय कार्यालय र पार्टी नेताहरूको सचिवालयमा परिवारका सदस्यहरू नराख्ने र प्रविधिमैत्री जनशक्ति राख्नेबारे निर्णय भएको छ। महाधिवेशन आयोजक समितिको सचिवालयले कार्यविधि बनाएर उक्त निर्णय लागू गर्ने ।

१०, पार्टीका सबै कमिटीहरूमा जेन–जीको प्रतिनिधित्व गराउने निर्णय गरेको छ। विशेष महाधिवेशनबाट पार्टी केन्द्रीय समितिमा युवाहरूको प्रतिनिधित्व बढाउने । ११, नेतृत्व हस्तान्तरणको प्रश्नमा बैठकमा महत्वपूर्ण बहस भएको छ। बैठकले आगामी महाधिवेशनबाट विधिसम्मत ढंगले नेतृत्व विकास, हस्तान्तरण र पार्टीमा नयाँ क्रमभंग गर्ने । १२, पार्टी कमिटीहरू प्रविधिमैत्री बनाउने, अभिलेखीकरणको काम व्यवस्थित गर्ने।