धरान / नेपाली कांग्रेसको विधान बमोजिम ४ वर्ष कार्यकालभित्रै नियमित महाधिवेशन गर्न माग गरिएको छ । कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको सुनसरी क्षेत्र नं। १ को विशेष बैठकले यस्तो निर्णय गरेको हो । तामाङका अनुसार १४औं महाधिवेशनवाट आएका सबै तहका कार्यसमितिको ४ वर्षे पदावधि यही २०८२ मंंसिरमा सकिने भएकाले मंसिरभित्रै नियमिति महाधिवेशन गर्न माग गरिएको हो । यदि निर्धारित समयमा नियमित महाधिवेशन हुन नसक्ने परिस्थिति निर्माण भएमा विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन मार्पmत नीति र नेतृत्वमा रुपान्तरण र पुस्तान्तरण गरेर अघि बढ्नुपर्ने उनले बताएका छन् ।

Thamel Mo MO Kepi Rai

बैठकले भदौ २३ र २४ गते जेन–जी पुस्ताले भ्रष्टचारको अन्त्य र वाक स्वतन्त्रताको पक्षमा गरेको आन्दोलनका सहिदहप्रति भावपूर्ण श्रद्धान्जली र परिवारजनमा शोक तथा समवेदना प्रकट गर्नुका साथै घाइते सबैको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । उक्त आन्दोलनमा ७६ जनाको अप्रत्याशीत र अकल्पनीय ढंगले ज्यान गएको हुंदा घटनाको निष्पक्ष रुपमा सुक्ष्म छानवीन र अनुसन्धान गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

301237839-775165910202031-1577179248258595507-n-1

त्यसैगरी जेन–जी आन्दोलनमा घुसपैठ गरी हातपात, निजि तथा सरकारी सम्पति, भौतिक संरचना तोडफोड, लुटपाट र आगजनी गर्नेहरुलाई कडा कारवाही गर्न तथा आन्दोलनको मूख्य माग भ्रष्टचारको अन्त्य रहेकाले सार्वजनिक पदधारण गरेका सबैको सम्पति छानवीन गरी भ्रष्टचारी सबैलाई कडा कारवाही गर्न समेत बैठकले माग गरेको छ । बैठकले आन्दोलनका नाममा गैरजेन–जीहरुवाट तोडफोड र आगजनी भएको धरान–२ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय पार्टीका सदस्यहरुको सहयोगमा पुननिर्माण गर्ने निर्णय गर्दै सोका लागि स्वेच्छिक सहयोग गर्न अपिल समेत गरेको छ ।

Khan

बैठकमा पूर्व केन्द्रीय सदस्य मिना सुब्बा, कोशी प्रदेश महामन्त्री उमेश थापा, महासमिति सदस्य तिलक राई, पर्वत राई, जगतबहादुर कार्की, प्रदेशरभा १(१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, क्षेत्रीय सचिव  महेन्द्र प्रधान, नगर उपसभापति नरेन्द्रकुमार राई(प्रविन), महाधिवेशन प्रतिनिधि राजु साह, पूर्व जिल्ला सचिव वुद्धि कटवाल, प्रदेशसभा १(२) सचिव युवराज शंकर, प्रदेशसभा १(२) सचिव विजय घिमिरे, नगर सचिव हिमाल श्रेष्ठ, नगर सहसचिव युनेश राना मगर, वुद्धिजीवी जीवनकुमार राई, बद्री तामाङ, वडा सभापति किरण आचार्य, कार्यवाहक वडा सभापति सुमन श्रेष्ठ, नेविसंघ इकाई सभापति विनोद आले मगर, नेपाल तरुण दल नगर उपाध्यक्ष विक्रम तामाङ लगायतले विचार राखेका थिए ।

1, Dil Bahadur Rai 2082 Subhakamana

बैठकमा मा ममता तामाङ, गोविन्द बस्नेत, कृष्णकला मादेन, चन्द्रशेखर लामा, मिना पुलामी, सुमित राई, सुमन तखाछे श्रेष्ठ, विनोद तिमिल्सिना, विद्या शाक्य, लोकेन्द्रकुमार फागु, रुपेश आचार्य, यज्ञमणि आचार्य, झुमादेवि राई, राजेन्द्र राई, रमिना सुब्बा गुरुङ, रमिता श्रेष्ठ, कुशुम ओली, रहिसा कसजु, शत्रुघन अन्सारी, राम तामाङ, तारा कटवाल, पन्चकला राई, शेखर कार्की, उत्तम राई, सुवर्ण पलिखे, श्याम श्रेष्ठ, कृष्णकुमार राई९भुपाल०, देवीप्रसाद दाहाल, मनिष खड्गी, सुमित तामाङ, प्रशान राई, अजय राई, धना लिङ्देन मगर, लक्ष्मी वि।क।, लगायतका नेताहरुको उपस्थिति रहेको थियो