धरान / दशैका लागि घर फर्कनेहरुको भिड लाग्न थालेको छ । रोजगारीको सिलसिलामा घर छाडेर विभिन्न स्थानमा गएका नेपालीहरू दसैँ तिहारका लागि घर फर्कन लाग्न थालेको हो । विगतका वर्षझैँ घरपरिवारसित चाडपर्व मनाउन भारतमा रोजगारी र अध्ययनका लागि गएका हजारौँ नेपाली सुनसरीको धरान नाका हुुदै पहाड जाने यात्रुुहरु हर्षोउल्लासका साथ पर्व मनाउन मातृभूमि र पहाड घर फर्किरहेका छन्।

Thamel Mo MO Kepi Rai

र दशैं पारिवारिक मिलनको पर्वको रुपमा लिने गरिन्छ ।  घरबाट टाढा भएकाहरू पुख्र्यौली घर अर्थात जन्मघर फर्कने पुरानै परम्परा छ । विभिन्न कारणले घरबाट टाढा भएकाहरू दशैं मनाउन घर फर्किने गर्छन् । जस्तोसुकै सकसपूर्ण यात्रा भए पनि दशैंमा घर जान सबैलाई हतार हुन्छ । विद्यार्थी र कर्मचारीहरुले विदा पाइसकेका छन् । आज फुलपातीको दिन धरानबाट पूर्र्वी पहाडी जिल्ला पुर्खौली घर जानलाई धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, खोटाङलगायतको जिल्ला जानलाई गाडीहरुमा भीड बढेको छ ।  दशैंको टीकाको दिन नजिकिंदै गर्दा काठमाडौंबाट गाउँघर फर्किनेहरुको संख्या ह्वात्तै बढेको छ ।

कोशी करिडरको प्रवेशद्वार धरानबाट आज विहानैदेखि पहाड जानेहरुको चहलपहल बढेको छ । भानुचोकमा पहाड जानेहरुको भीड लागेको छ । रोजगारको क्रममा विभिन्न जिल्ला र छिमेकी देश भारत पुगेका नेपालीहरु घर फर्किन धरानको भानुचोकमा आईपुगेका छन् । उनीहरु पूर्वी पहाड जाने बसको खोजीमा टिकट लिएर चाडो घर तर्फ लाग्न आतुरमा छन् । वर्षदिनपछि घर फर्किदा उनीहरुले सामानका पोकाहरु पनि धेरै धेरै बोकेका छन् । 

301237839-775165910202031-1577179248258595507-n-1