धरान / हिविस्कस बोडिङ स्कुुलले हाजिरिजवाफ प्रतियेगिता कार्यक्रम गर्ने भएको छ । धरान–१५ मा अवस्थित हिबिस्कस बोर्डिङ स्कुलले कोशी प्रदेश स्थारीय हाजिरिजवाफ प्रतियोगिता गर्ने भएको हो । प्रदेशभरीका विद्यालयबीच हुने “हिबिस्कस क्विज मेनिया सिजन–४” आगामी पुस ९ र १० गते आयोजना गर्ने बिहिबार (आज) विद्यालयको सभा हलमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । विद्यालयले विगत तीन वर्षदेखि निरन्तर प्रतियोगिताको आयोजना गर्दै आएको छ । हाजिरीजवाफ प्रतियोगिता यस वर्ष देखि प्रदेश–स्तरमा विस्तार गरिएको विद्यालयका प्रर्बन्धक निर्देशक गंगाराम राईले पत्रकार सम्मेलनमा बोल्दै जानकारी दिए ।

8 1

विद्यालयका निर्देशक गंगाराम राईका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाबाट १५० विद्यालय सहभागी हुने अपेक्षा गरिएको छ । पुस ९ गते हुने प्रारम्भिक चरणबाट छवटा टिम फाइनलमा प्रवेश हुुुन पाउने र पुस १० गते फाइनल प्रतिस्पर्धा हुने उनले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले रु. २० हजार नगद, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो टिमले रु.१५ हजार, तेस्रोले रु. ८ हजार, चौथोले रु. ६ हजार, पाँचौँले रु. ४ हजार, र सान्त्वना टिमले रु. २ हजार नगदसहित प्रमाणपत्र पाउने छन्।

98

२०७९ सालमा सुरु भएको यस प्रतियोगिताको पहिलो विजेता हिबिस्कस स्कुल, दोस्रो वर्षको विजेता नेपाल पुलिस स्कुल, र गत वर्षको विजेता पुनः हिबिस्कस स्कुल नै रहेको विद्यालयले जनाएको छ । यसअघि धरान नगरस्तरीय र सुनसरी जिल्लास्तरीय रूपमा प्रतियोगिता सम्पन्न गरिसकेको विद्यालयले यस वर्ष दायरा फराकिलो पार्दै खुला रूपमा आयोजना गर्न लागेको हो ।

विद्यालयका संयोजक सुवास मोक्तानका अनुसार यस पटक प्रश्नपत्र खरीदार लेभलको सिलेबसका आधारमा तयार पारिनेछ, जसले विद्यार्थीको लोकसेवा आयोगमा प्रतिस्पर्धा गर्ने क्षमता विकास गर्न सहयोग र्पुयाउने विश्वास लिइएको छ । प्रतियोगिता सञ्चालनका लागि सुवास मोक्तानको संयोजकत्वमा समिति गठन गरिएको छ भने सह–संयोजकमा विकास साह, जनसम्पर्क समन्वयमा नयन राज राई, र प्राविधिक संयोजकमा मनिष श्रेष्ठ रहेका छन्।

गुणस्तरीय शिक्षा र संस्कृतिको केन्द्रका रूपमा स्थापित हुुने उद्देश्यले सन् २००५ (वि.स. २०६२० मा हिविस्कस बोडिङ स्कुुलल स्थापना भएको थियो । 

301237839-775165910202031-1577179248258595507-n-1