काठमाण्डौं/ नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज काठमाडौँमा बस्दैछ । बैठकमा नेकपा एकीकृत समाजवादीसहित ( दलबीच भएको एकता सहमति अनुमोदन हुनेछ । पार्टी एकता घोषणा कात्तिक १९ गते भृकुटीमण्डपमा गर्ने तयारी छ ।

बैठक काठमाडौँको प्रज्ञा भवनमा बस्ने बैठकमा सहभागी हुन नेता कार्यकर्ता पुग्ने क्रम जारी छ । नेकपा एकीकृत समाजवादीसहित (दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो । पछिल्लो सचिवालय बैठकले निर्णय गरेका एजेन्डा र (दलबिच भएको सहमति अनुमोदन गरेर बैठक सकिने नेता हरिबोल गजुरेलले जानकारी दिए । यस्तै, पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी भएको गजुरेलले बताए ।  

301237839-775165910202031-1577179248258595507-n-1