विराटनगर / मोरङको विराटनगर बरगाछी चोकमा भारतीय मालवाहक सवारी (ट्रक) ले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार साँझ मालाहक ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल पछाडी बस्ने महिलाको घटनास्थलमै मृत्युु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सर्लाही जिल्लाको हरिपुर नगरपालिका घर भएकी ४५ वर्षीया रोहिता कोइराला अधिकारी रहेकी छन् । श्रीमान् विमल कोइरालाले चलाइरहेको मोटरसाइकलको पछाडि सवार रहेकी अधिकारीको मालवाहक सवारीको ठक्करपछि घटनास्थलमै मृत्यु भएको स्थानीयले दाबी गरेका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटना निकै दर्दनाक थियो ।

मोटरसाइकल चालक मृतकका श्रीमान् भने सकुशल रहेका छन्। अधिकारीको शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।