धरान / उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिवार उद्यमशील बचत तथा ऋण सहकारी लि ले १३ साधारणसभा सम्पन्न गरेको हो । केही सञ्चालकहरूले ठुलो पूँजी परिचालन गर्ने गलत नियतले सहकारीलाई माध्यम बनाइएपछि मुलुकमा सहकारी अभियानप्रति जनतामा विश्वासको सङ्कट उत्पन्न भएको सुनसरी जिल्ला सहकारी संघका जिल्ला अध्यक्ष गंगा प्रसाद दाहालले बताए । बचतकर्ताको पूँजी परिचालन उनीहरूको आर्थिक जीवनस्तर उकास्ने सहकारी अभियानलाई अर्बौँ अर्ब पूँजी सङ्कलन गर्ने माध्यम बनाएर अपचलन गर्नेहरूले सहकारीलाई बदनाम बनाएको प्रमुख अतिथि दाहालको भनाई थियो । हाल नेपालमा ३७० वटा सहकारी डुबेपनि अरु सहकारी राम्रै चलिरहेको अध्यक्ष दाहालले सुनाए ।

301237839-775165910202031-1577179248258595507-n-1

सुुनसरीमा ठुुुला भनिएका २ वटा सहकारी डुुबेको दाहालले बताए । धरानको बराह सहकारी र इटहरीको अम्बे कोशी सहकारीले बचतकर्ता र शेयर सदस्यहरूको ठुलो रकम डुबेको उनले सुुनाए । उनले भने ‘सहकारी विफल हुनमा सञ्चालक र ऋण लिनेहरूको ठुलो हात हुन्छ, दुवैमा इमान्दारीता नभए सहकारीको उद्देश्य प्राप्ति हुँदैन ।’ नेपालमा विशेष गरी कोरोना महामारीको समयबाट सहकारी अभियान प्रभावित भएको उनले बताए । कोरोनाले आर्थिक गतिविधि ठप्प गरेपछि सञ्चालकहरूलाई पूँजी अपचलन गर्ने र ऋणीहरूलाई साँवा व्याज फिर्ता गर्न नसकिने निहुँ मिलेको उनको भनाई थियो । अध्यक्ष दाहालले भने ‘तर उद्यमशील सहकारी जस्तो सहकारीहरू राम्रै चलेका छन् ।

IMG_8454

उनले पछिल्लो समय सहकारीप्रति सरकारको नीति स्पष्ट नभएकोले सहकारीको दुरुपयोग बढेको बताए । बचतकर्ताका रकमको सुरक्षाप्रति सरकार उदासीन रहेकाले स्पष्ट कानुन बन्ने नसकेको उनको भनाई थियो । अनुगमनको दायित्व लिएको राष्ट्र बैङ्कको नीतिप्रति टिप्पणी गर्दै उनले भने ‘महिमा दर्जन परिपत्र र निर्देशन गर्ने बाहेक राष्ट्र बैङ्कको प्रभावकारी भूमिका देखिएन ।’

खुद नाफा १ करोड ९६ लाख ८४ हजार 

सहकारीका प्रमुख कार्यकारी अधिकृत जीतबहादुर राउतले यस वर्ष बचतमा २० दशमलव ३५ प्रतिशत वृद्धि भएको, ऋण लगानीमा १४२ प्रतिशत, ऋण असुलीमा १३१ प्रतिशत वृद्धि गरिएको बताए । उनका अनुसार यस उद्यमशीले कोषको रकममा ३३ प्रतिशत वृद्धि गरी खुद नाफामा यस वर्ष १७२ प्रतिशत वृद्धि गर्न सफल भएको छ । राउतको प्रतिवेदन अनुसार संस्थाको सदस्य विस्तारमा १२० प्रतिशतले वृद्धि भई कुल सदस्य सङ्ख्या ६७१८ पुगेको छ । यसबाट सहकारीको शेयर रकममा १२ दशमलव ६५ प्रतिशत वृद्धि भएको छ ।

संस्थाले आर्थिक वर्ष २०८१र०८२ मा कुल २ अर्ब ३७ करोड १८ लाख ७६ हजार ६१७ रुपैयाँ ३४ पैसाको कारोबार गरेको छ । सोही अवधिमा सहकारीले खुद नाफा १ करोड ९६लाख ८४ हजार ३१५ रुपैयाँ कमाएको छ ।

महिला शेयर सदस्य ३५१८ पुरुष ३२०० जना

अध्यक्ष अनिता श्रेष्ठले आर्थिक वर्ष २०८१र०८२ को प्रगति तथा २०८२र०८३ को लक्ष्य सहितको प्रतिवेदन प्रस्तुत गरिन् । प्रतिवेदन अनुसार उद्यमशील सहकारीले आर्थिक वर्ष २०८१र०८२ मा कुल ३ अर्ब, ३९ करोड, १३ लाख, ४६८ रुपैयाँको कारोबार गरेको छ । उद्घाटन समारोहमा संयोजक देवचन्द्र शिवाकोटीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे । मासु व्यवसायी सङ्घका अध्यक्ष मदन तामाङ, वरिष्ठ पत्रकार हर्ष सुब्बाले शुभकामना मन्तव्य प्रकट गरेका थिए । सहकारीमा महिला शेयर सदस्य ३५१८ पुरुष ३२०० जना सहित कुल शेयर सदस्य सङ्ख्या ६७१८ रहेको प्रतिवेदनमा छ ।

IMG_8439

१३औं साधारण सभा उद्घाटनको अवसरमा उद्यमशील बचत ऋण सहकारी संस्थाले पत्रकार हर्ष सुब्बालाई नगद सहित सम्मान गरेको छ । सभाको उद्घाटन समारोहमा प्रमुख अतिथि जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगा प्रसाद दाहालले नगद १० हजार सहित सम्मान(पत्र प्रदान गरेका हुन ।

सहकारीले प्रत्येक वर्ष पत्रकारिताको माध्यमबाट समाजमा योगदान गर्दै आएका पत्रकारलाई सम्मान गर्दै आएको छ । सोही अवसरमा सहकारीले उत्कृष्ट शेयर सदस्य, बचतकर्ता, उत्कृष्ट ऋणी र कर्मचारी सहित २१ जना सम्मानित भएका छन् ।   

IMG_8413