रौतहट / रौतहटको फतुवा(विजयपुर नगरपालिकामा माइकको तार जोड्ने क्रममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । २२ वर्षीय गणेश महतोलाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लगिएको थियो, तर बाटोमै उनको मृत्यु भयो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शव पोस्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको छ ।

प्रहरीका अनुसार राति करिब पौने १० बजेको समयमा रामबहादुर महतोका छोरा गणेश महतोले आफ्नै घरमा माइकको तार जडान गर्ने क्रममा अचानक विद्युत् प्रवाहमा परेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल नेशनल हस्पिटल विजयपुरमा उपचार गरिएपछि थप उपचारका लागि कोल्हवी बारातर्फ लगिएको थियो । प्रहरीलाई घटना सम्बन्धी जानकारी प्राप्त लगत्तै इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट प्रहरी टोली स्थानीय अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले बताए ।
तर, कोल्हवी लैजाने क्रममा बाटैमा महतोको मृत्यु भएको अस्पतालले राति ११ बजेर ५५ मिनेटमा प्रहरीलाई जानकारी गराएको प्रवक्ता बस्यालले पुष्टि गरेका छन्।् । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।





















