धरान/ हिविस्कस स्कुलका विद्यार्थीलाई विजयपुुर अस्पतालले स्वास्थ्य उपचारमा २० प्रतिशत छुट दिने सम्झौता गरेको छ । धरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित हिविस्कस इङ्लिस वोडिङ स्कुलवीच स्वास्थ्य सम्झौता भएको हो । विजयपुर अस्पतालले हिविस्कस वोडिङ स्कुलका अभिभावक,शिक्षक,कर्मचारी र विद्यार्थीहरुलाई २० प्रतिशतसम्म उपचारमा छुट दिइने सम्झौता गरेको छ ।
स्कुल र अस्पतालवीचमा २० प्रतिशतसम्म छुट दिइने सम्झौता भएको अस्पतालका अध्यक्ष पंकज खतिवडाले वताउनु भयो । सम्झौताले स्कुल परिवारलाई उपचारमा सुविधा र थप राहत पुग्ने विश्वास रहेको स्कुलका निर्देशक गंगाराम राईले वताउनु भयो । हिबिस्कस ई।बो। स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र सञ्चालकहरूको प्रति सामाजिक उत्तरदायी तथा जिम्मेवार बन्न सो सम्झौता गरिएको हो । सो बिद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरूको बिमा समेत गर्दै आईरहेको छ ।





















