धरान / पूर्वाञ्चल ईन्जिनियर क्याम्पसले आयोजना गरेको हाजिरी जवाफमा हिविस्कस स्कुुलका विद्यार्थी प्रथम भएको छ । हाजिरी जवाफमा धरान–१५ अवस्थित हिविस्कस इङ्लिस बोडिङ स्कुलका विद्यार्थी प्रथम भएको हो । 

हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुुने हिविस्कस स्कुलले नगद १० हजार सहित प्रमाण– पत्र प्राप्त गर्नेछ । त्यसैगरी सिदार्थ शिसुसदन स्कुल दोस्रो बनेको छ । बिजेता स्कुललाई केही दिनपछि कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण गर्ने कार्यक्रम संयोजक विविशा वस्नेतले जानकारी बताईन् । 

आफ्नो विद्यालयका विद्यार्थीले हाजिरी जवाफ प्रतियोगितामा विजेता बनेर आएपछि हिविस्कस स्कुलले वुधवार विद्यार्र्थीहरुलाई वधाई तथा सम्मान कार्यक्रम राखेको थियो । विद्यार्थीहरुलाई प्रोत्साहन र प्रेरणा दिनको लागि वधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेकोे स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिए । 

एशोसिएसन अफ कम्प्युटर इन्जिनियरीङ स्टुडेन्ट तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरीङ स्टुडेन्टको आयोजनामा भएको टिच फेस्टिबल अन्र्तगत भएको हाजिरी जवाफ प्रतियोगितामा हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ विजेता वन्न सफल भएको थियो । हाजिरी जवाफ प्रतियोगितामा धरान क्षेत्रका सहभागी ८ स्कुललाई पछि पार्दै हिविस्कस स्कुल विजेता बनेको हो ।

हिविस्कस स्कुलले यही पौष ९ र १० गते विद्यालयस्तरीय खुल्ला हाजिरी जवाफ प्रतियोगिताको तयारी गरेको छ । हाजिरी जवाफलाई स्कुलको व्राण्ड वनाएको हिविस्कस स्कुलले अधिकांश प्रतियोगिताहरुमा सफलता हासिल गर्दै आएको छ ।्301237839-775165910202031-1577179248258595507-n-1