धनकुटा/ पर्यटकीय स्थल भेडेटारमा १३ औं फुुडफेस्टिभल हुुने भएको छ । सुुनसरी र धनकुटाको सीमामा पर्ने भेडेटारमा १३ औँ भेडेटार फुडफेस्टिभल हुुुने भएको हो । भेडेटारमा साना, मध्यम तथा तारेस्तरका सहित करिब २०० होटेल पूर्ण रूपमा सञ्चालन हुुनेछन् । अग्रेजी वर्षको अवसरमा हरेक बर्ष आयोजना हुने फुडफेस्टिभलले भेडेटारमा जातीय तथा अग्र्यानिक खानाको प्रवद्र्धनका साथै होटेल, होमस्टे र समग्र पर्यटन व्यवसायमा नयाँ ऊर्जा थपेको होटेल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले बताए ।
बुधबार पत्रकार सम्मेलनमा बोल्दै १३ औँ भेडेटार फुड फेस्टिभलको आयोजना र तयारीबारे अध्यक्ष लिम्बुुले जानकारी दिए । फुडफेस्टिभलले स्थानीय जातीय र अग्र्यानिक खानाको प्रवद्र्धनसँगै होटेल, होमस्टे र पर्यटन व्यवसायलाई थप चलायमान बनाएको अध्यक्ष लिम्बुुले बताए । “यसले भेडेटारको पर्यटन ब्रान्डलाई अझ मजबुत बनाएको छ,” अध्यक्ष लिम्बुुले भने
फुडफेस्टिभल पौष १६ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । फेस्टिभलमा ३० हजारदेखि ५० हजारसम्म आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजकले दिएको जानकारी अनुसार फेस्टिभलमा जातीय खानाको प्रदर्शनी, अग्र्यानिक तरकारी तथा फलफूल, हस्तकला र घरेलु उत्पादनको स्टल, मौलिक सांस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । साथै माउन्टेन बाइक, प्याराग्लाइडिङ र जिप लाइनजस्ता साहसिक पर्यटन गतिविधि पनि समावेश गरिएका छन्।् ।
होटेल एसोसिएसन भेडेटारका पूर्व अध्यक्ष लीला राज लावतीका अनुसार भेडेटार क्षेत्रमा ५०(६० वटा साधारण, ५०(६० वटा मध्यमस्तरीय र ८–१० वटा तारे होटेल सञ्चालनमा छन्। नाम्जे र डाँडा बजारका होमस्टेमा एकै पटक ४०० देखि ५०० पर्यटक अटाउन सक्ने क्षमता रहेको छ । हाल भेडेटारमा लार्लीबसा र रिडी रिसोर्टजस्ता उच्चस्तरीय होटेल सञ्चालनमा छन् भने १५ देखि २० करोड रुपैयाँ लगानीको एशियाटिक होटेल निर्माणाधीन अवस्थामा छ । यी पूर्वाधार सम्पन्न भएपछि भेडेटारमा वार्षिक १ लाख ५० हजारदेखि २ लाख पर्यटक आगमन हुने अपेक्षा गरिएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा रहेको भेडेटार समुद्री सतहबाट १४२० देखि १७०५ मिटर उचाइमा अवस्थित छ । प्राकृतिक सौन्दर्य, चिसो मौसम र विविध पर्यटकीय आकर्षणका कारण यो क्षेत्र पर्यटकको रोजाइमा पर्दै आएको हो । फुड फेस्टिभलको अवसरमा साँगुरीगढी गाउँपालिकाको कृषि विकास शाखामार्फत कृषि मेला प्रदर्शनी सञ्चालन गरिनेछ। गाउँपालिकाभित्रका कृषकहरूले आफ्ना कृषि उत्पादन प्रदर्शनीमा राख्न सक्नेछन्। । फेस्टिभलका मुख्य आयोजक होटेल एसोसिएसन भेडेटार हो भने सह–आयोजकमा प्राकृतिक वातावरण स्रोत तथा पर्यटन भेडेटार र भेडेटार आमा समूह रहेका हुन् ।





















