धरान/ हिबिस्कस स्कुुलले सञ्चालन गरेको क्विज मेनिया २०८२ सिजन –४ सम्पन्न भएको छ । धरान–१५ स्थित हिबिस्कस इङलिस बोर्डिङ स्कुलको आयोजनामा हिबिस्कस क्विज मेनिया–२०८२ सिजन–४ को ग्रान्ड फिनालेमा साजिलाल माध्यमिक विद्यालय, सुन्दरहरैचा मोरङ विजेता बनेकोे हो ।  प्रतियोगितामा विजेता बनेका टिमले नगद २० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

25

त्यस्तै ः प्रतियोगितामा जीवन ज्योति इङलिस बोर्डिङ स्कुल, चक्रघट्टी फस्ट रनरअप बन्दै नगद १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी धरान मेघा हिमालयन स्कुल सेकेन्ड रनरअप भई नगद ८ हजार रुपैयाँ, महेन्द्र माध्यमिक विद्यालय, तित्रीगाछी बराहक्षेत्र तेस्रो रनरअप भई नगद ६ हजार रुपैयाँ, तरहरा मोडल एकेडेमी चोथो रनरअप भई नगद ४ हजार रुपैयाँ तथा आयोजक हिबिस्कस इङलिस बोर्डिङ स्कुल पाचौ  रनरअप भई नगद २ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

27

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघा तथा निर्णायकद्वय नवोदिप साह र सुरेश रेग्मी ले विजेता तथा सहभागी टिमहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता समापन कार्यक्रमको अवसरमा बोल्दै उपमेयर बेघाले यस्ता बौद्धिक प्रतियोगिताले विद्यार्थीहरुको सोच्ने र स्मरण गर्ने क्षमता वृद्धि गर्नुका साथै भविष्यमा लोकसेवा आयोगको तयारीमा समेत सहयोग पुग्ने बताए ।      

26

स्कुलका भाइस प्रिन्सिपल विजय सिंह थेबे ले प्रतियोगितालाई आगामी दिनमा अझ व्यापक बनाउँदै देशव्यापी रुपमा विस्तार गरिने जानकारी दिए । समापन कार्यक्रमको अवसरमा बोल्दै स्कुलका सल्लाहकार पवन झा ले हिबिस्कस स्कुल रहुन्जेलसम्म क्विज मेनिया निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे ।

28

हिजो बुधबार सम्पन्न छनोट चरणमा सहभागी ४५ विद्यालय मध्ये उत्कृष्ट ६ विद्यालय ग्रान्ड फिनालेमा प्रवेश गरेका थिए । विद्यार्थीहरुमा प्रतिस्पर्धात्मक भावना विकास गर्दै शैक्षिक तथा बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक स्कुलका निर्देसक गंगाराम कुुलुुङ राईले जानकारी दिए ।

290

प्रतियोगितामा सहभागी भएका दर्शक तथा विद्यार्थीहरुलाई मनोरञ्जन गराउने उद्देश्यले हिबिस्कस स्कुुलका विद्यार्थीहरुले विभिन्न विधामा नृत्य गरेर दर्शक र सहभागी अतिथिहरुलाई मनोरन्जन गराएका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुुख तथ प्रतिनिधि विभिन्न स्कूलका शिक्षक शिक्षिका र संचारकर्मीहरुको सहभागीता रहेको थियो । क्विज प्रतियोगिताको कार्यक्रम  हिबिस्कस स्कुुलका शिक्षक नयन राज राईले सञ्चालन गरेका थिए । 

30

301237839-775165910202031-1577179248258595507-n-1