धरान / किराँत राई यायोख्खा सुनसरीले किराँतीहरूको नयाँ वर्ष यलम्बर संवत् ५०८६ को अवसरमा साताव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । शनिवार धरानमा पत्रकाार सम्मेलन गरी आयोजकले यस्तो जानकारी गराएको हो । यलम्बर संवतको अवसरमा माघ १ देखि माघ १० सम्म आयोजना हुने साताव्यापी कार्यक्रममा छेलो हान्ने प्रतियोगिता, रस्सी ताने प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, ब्याडमिन्टन, महिला फुटसल, तान बुने, बास्केटबल लगायतका खेलकुद कार्यक्रम तय गरिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । 

किराँत राई यायोख्खाले यलम्बर संवतलाई राष्ट्रिय संवतको रूपमा मान्यता दिलाउने दबाब राज्यलाई दिने योजना बनाएको किराँत राई यायोख्खा सुुनसरीका अध्यक्ष राजेन्द्र राईले पत्रकार सम्मेलनम बोल्दै जानकारी दिए । ‘नेपालका प्राचीन कालखण्डमा किराँतीहरूको राज्य करिब ३२ पुस्ता र १९६३ वर्ष ८ महिना चलेको थियो। किराँतीहरूको प्रथम राजा हाङ्ग यलम्बर हुन् र उनीकै नाममा संवत् यलम्बर संवत् स्थापना गरिएको हो’ अध्यक्ष राईले भने । यो संवतलाई राई–याक्खा समुदायले यलदुङरयलदोङ, लिम्बुले यलेतडवे, सुनुवारले यलेथोचे आदि नामले पनि सम्बोधन गर्दै आएको छ’ अध्यक्ष राईले थपे ।

301237839-775165910202031-1577179248258595507-n-1

नेपाली समाजमा विभिन्न संवत् चल्ने परम्परा भए पनि, हाङ्ग यलम्बरद्वारा स्थापित किरात शासनको ऐतिहासिक घटनालाई आधार मानी यलम्बर संवत् चलनमा आएको अध्यक्ष राईले बताए । ‘सभ्यताको विकाससँगै भाषा, धर्म, संस्कार, संस्कृति, मूल्य मान्यता र रीतिरिवाजको विकास स्वाभाविक रूपमा भएको हो। यलम्बर संवतको थालनी तत्कालीन प्रशासनिक केन्द्रको विभाजन अनुसार वल्लो, माझ र पल्लो किराँतमा भएको मानिन्छ ’ अध्यक्ष राईले भने ।

यलम्बर संवतको अवसरमा माघ १ देखि माघ १० सम्म आयोजना हुने साताव्यापी कार्यक्रममा छेलो हान्ने प्रतियोगिता, रस्सी ताने प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, ब्याडमिन्टन, महिला फुटसल, तान बुने, बास्केटबल लगायतका खेलकुद कार्यक्रम हुनेछन्। साथै हाङ्ग यलम्बरको प्रतिमामा दीप प्रज्वलन गरी सांस्कृतिक कार्यक्रम सम्पन्न गरिने अध्यक्ष राईले जानकारी दिएका छन्। । किराँती समुदायले आफ्नो ऐतिहासिक र सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै यस वर्षको यलम्बर संवत् उत्सवमा उत्साहपूर्वक सहभागी हुने अपेक्षा गरिएको छ । किराँती समुदायले आफ्नो ऐतिहासिक र सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै यस वर्षको यलम्बर संवत् उत्सवमा उत्साहपूर्वक सहभागी हुने अपेक्षा आयोजकले लिएको छ ।