धरान/धरानमा निर्झर कविता सङ्ग्रहको लोकार्पण भएको छ । ३६ वटा कवित समेटिएको उक्त सङ्ग्रहमा प्रेम र देशप्रेम र स्थानप्रेमलाई समेएिका छन् । धरान उपमहानगर पालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यमा कविता संग्रह ‘निर्झर’को लोकार्पण गरिएको छ । कृष्ण पाख्रिन स्मृति प्रतिष्ठान, धरानका अध्यक्ष राजेश विद्रोहीको सभापतित्वमा आयोजित समारोहमा भानेन्द्र सम्बाहाङफे जुझारुद्वारा लिखित ‘निर्झर’ कविता संग्रह प्रमुख अतिथि बेघासहित १३ नं। वडाका अध्यक्ष नेत्र प्रसाद काफ्ले, प्रा।डा। गोपालप्रसाद भण्डारी, डा। जीवनकुमार राई, प्राध्यापक भीम खतिवडा, कवि सुदिप पाख्रिनले संयुक्तरुपमा लोकार्पण गरे ।

‘निर्झर’ कविता सङ्ग्रहहलाई परिचर्चा गरेका प्रा।डा। गोपालप्रसाद भण्डारीले गद्य कविता संग्रहमा आधारितका कवि भानेन्द्रलाई धरानका गद्य कविको श्रृंखलमा समेट्न सकिने बताएका छन् । उनका अनुसार धरानमा शास्त्रीय छन्द र गद्य छन्द दुवै धारमा लेख्ने कविहरू रहेकामा पछिल्लो पुस्तामा भानेन्द्र सम्बाहाङफे गद्य धारमा जोडिनु सकारात्मक संकेत हो । ३६ वटा कविता समेटिएको उक्त सङ्ग्रहमा प्रेम, देशप्रेम र स्थानप्रेमलाई प्राथमिकता दिइएको प्रा।डा। भण्डारीले उल्लेख गरे । उनले भने ‘स्थान प्रेम अन्तरगत धरानलाई माया गरेर कविता लेख्नु भएको छ ।’ साथै उनका अनुसार निम्न बर्गिय व्यक्तिहरुप्रति सहानुभूति, राजनीतिक सचेतनाका संकेत समेत शसक्त रुपमा कविता संग्रहमा समेटिएका छन् ।

यसैगरी डा। हरिकुमार राईले सभ्यता, संस्कार र आदर्शका प्रतीकका रूपमा ब्रह्मा, विष्णु र महेश्वरलाई विम्ब बनाएर जीवन दर्शन प्रस्तुत गरिएको प्रसङ्गमाथि चर्चा गरे । उनका अनुसार कवि भानेन्द्रले सङ्ग्रहमा प्रेमलाई सबैभन्दा महत्वपूर्ण तत्त्वका रूपमा प्रस्तुत गरेका छन् । ‘तिम्रो जस्तो भब्य महल नभएर के भो र, संसार अटाउन सक्ने भव्य, सुन्दर र विशाल मन छ म सँग ।’

‘गल्ति होला भनि बस्दा जीवन खेर जान सक्छ, आफू भित्रको प्रतिभा फूल्न नपाई मर्न सक्छ’ कवि भानेन्द्रको कविताको यो अंशले सुख दुख र गल्ती दर्शनको रुपमा चित्रित गरेको डा। राईले उल्लेख गरे । कविता संग्रहमा निराशाबाट निक्लनु पर्ने आशावादी, सृजनशिल हुनु पर्ने जस्ता जिवन दर्शन अभिव्यक्त भएको उनको भनाई रहेको छ । उनले अविधामूलक कविताहरूमा भूई मान्छेको आवाज बोलेको, देशको माटो बोलेको र राष्ट्रिय भावनाले ओतप्रोत कविताहरूले नेपाली मन जुरुक्कै उठाएको बताए ।

ओरिएन्टल पब्लिकेशन हाउसले बजारमा ल्याएको ‘निर्झर’ कविता संग्रह लोकार्पण यस अघि गत मंसिर ७ गते नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा काठमाण्डौमा भएको थियो । दोश्रो पटक धरानका कवि तथा साहित्यकारहरूको जमघटमा सम्पन्न भएको छ । परिचर्चा अघि कवि भानेन्द्र सम्बाहाम्फे ‘जुझारु’ले संग्रहमा संग्रहित केही कविताहरू वाचन गरेका थिए ।

समारोहमा कवि वम देवान, प्राध्यापक भीम खतिवडा, कवि सुदिप पाख्रिन, कृष्ण उदासी, तीर्थराज विश्वकर्मा, नवराज मैनाली लगायत कवि, साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।




















