धरान/समाजसेवी लक्ष्मीकान्त बिहानीले आफ्नो जन्मोत्सवमा बालविकास केन्द्रलाई सहयोग गरेर मनाएका छन् । विहानीले आफ्नो जन्म दिन धरान १५ काठेपुल नजिक रहेको सिलाम साक्मा बालविकास केन्द्रका नानीहरुसँग मनाएको हो । वालविकास केन्द्रका नानीहरुका लागि खाद्यान्न सहित काठको ४ वटा कुर्सि, पुस्तक राख्ने ¥याग १ थान, किचनका लागि १ थान टेवल, फिल्टर र खाद्यान्न गरी करिव ३० हजार वरावरको सहयोग गरेर विहानीले जन्मोत्सव मनाएका छन् ।

आफूले विगत वर्षदेखि नै जन्म दिनको अवसरमा विभिन्न संस्था र आर्थिक विपन्न बालबालिकालाई सहयोग गर्दै आएको र यस पटक बालविकास केन्द्रलाई सहयोग गर्न पाउदा ज्यादै खुशी लागेको बिहानीले बताए । आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता बिहानीले जनाएकाछन् ।
बाल विकास केन्द्रका संरक्षक तथा शिवगंगा टोल विकास संस्थाका अध्यक्ष रत्न कुमार नेम्वाङले सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए । सवैको सानो सानो सहयोगबाट नै केन्द्रलाई समृद्ध वनाउन सकिने भएकाले सहयोगी दाताहरुलाई सहयोग गर्न आग्रह गरेकाछन् । यसै शैक्षिक शत्रबाट शुरु भएको बाल विकास केन्दमा हाल २५ जना बालबालिकाहरु रहेकाछन् । यसै अवसरमा बालबिकास केन्द्रका संरक्षक गंगाराम राईले अन्य सहयोगी दाताहरुलाई पनि केन्द्रलाई सहयोग गर्न आग्रह गरे ।





















