धनकुटा / ढाङ्गढुुङ्गे देवी माघे सक्रान्ति पुरुष तथा महिला भलिबल प्रतियोगितामा गोलखाडी प्रथम भएको छ । त्यस्तै महिला तर्फ धरान पहिलो बनेका छन् । पुरुष तर्फ प्रथम हुुुने टिमले नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । यता महिला तर्फ प्रथम हुुने टिमले नगद २० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र पाएका छन् । प्रतियोगितामा पुरुष तर्फ दोस्रो हुुने भोजपुरका टिमले नगद २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । महिला तर्फ दोस्रो हुुने आयोजक टिमले नगद १० हजार सहित मेडल र प्रमाण पत्र पाएका छन् ।

धनकुुटा जिल्लाको साँगुरीगढी गाउँपालिका ७ स्थित नव छिनामचोक युुवा क्लबले आयोजना गरेको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । ढाङ्गढुुङ्गे देवी माघे सक्रान्ति मेलाको अवसरमा आयोजित पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८२ भव्य रूपमा सञ्चालन गरिएको थियो । मेलाअन्तर्गत पुरुषतर्फ र महिलातर्फ छुट्टाछुट्टै नकआउट आधारमा खेल तालिका सार्वजनिक गरिएको थियो । पुरुषतर्फ विभिन्न १२ टिमहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । त्यस्तैःमहिलातर्फ पनि उत्साहजनक ५ टिमले सहभागिता जनाएका थिए ।

हरेक वार्डहरुमा हुने सानो या ठूला खेलकुद प्रतियोगितामा गाउँपालिकाको तर्फबाट सहयोग गदै आएको समापन कार्यक्रमको प्रमुख अथिति साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । ‘हामीले थोरै भएपनि वडाहरुमा हुुने सबै खाले केलकुुदलाई बजेट व्यवस्थापन गरेर साथ र सहयोग पािलकाको तर्फबाट गरीरहेकाछौं । राज्यले बजेट विनियोजन गर्ने कुराहरुमा जसरी पूर्वाधार निर्माणका लागि गरीरहेका छन् तर त्यसरी खेलकुुद क्षेत्रलाई बजेट विनियोजन गरीरहेका छैन, हामी गाउँपालिकाले सकेसम्म सबै खेलहरु थोर धेर भएपनि बजेट विनियोजन गरेर समेट्ने प्रयास गरीरहेकाछौ. । खेल खेलेर जीवन चलाउनको लागि सोचिराख्नु भएको खेलाडी साथीहरुलाई त्यसै क्षेत्रमा टिकाउने वातावरण राज्यले सिर्जना गर्नुु सक्नुु पर्छ’ अध्यक्ष राईले भने ।

‘गाउँपालिकाले सबै खेल र खेलाडीलाई सम्मान रुपमा माया गरिरहेको छ, अलिकति पर्याप्त बजेट हामीले छुुट्याउन सकेका छैनौ । तर आउने दिनहरुमा हामी खेलाडी साथीहरुका लागि खेल क्षेत्रमा नै भविष्य बनोस् भन्न चाहान्छौं’अध्यक्ष राईले थपे । प्रतियोगिता सफलता पूूर्वक सम्पन्न गरेकोमा आयोजक कमिटीलाई धन्यवाद दिदै पालिका अध्यक्ष रुम्दाली राई कार्यक्रमबाट विदा भएका थिए ।

ढाङ्गढुुङ्गे देवी माघे संक्रान्ति मेलाले स्थानीय संस्कृतिको संरक्षणसँगै युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्य राखेको आयोजक समितिले जनाएको छ । माघ १ गतेदेखि ३ गतेसम्म संचालन भएको भलिबल प्रतियोगितासँगै विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय परिकार तथा मनोरञ्जनात्मक गतिविधिहरू पनि सञ्चालन गरिएको थियो ।























