धनकुटा / धनकुुटा जिल्लाकोे साँगुरीगढी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । पालिका खोप समन्वय समितिको आयोजनामा आईतबार आयोजित एक विशेष कार्यक्रम गरी साँगुरीगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

88

“स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित आयोजित कार्यक्रममा खोपयोग्य उमेर समूहका सबै बालबालिकालाई नियमित तथा आवश्यक खोप लगाइसकेको प्रमाणित भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको जनाइएको छ ।

पालिकाले भविष्यमा पनि नियमित खोप कार्यक्रमलाई निरन्तरता दिँदै मातृ तथा शिशु स्वास्थ्य सुधारमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रमले पालिकामा बाल मृत्युदर न्यूनीकरण, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा स्वस्थ समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गदै स्वस्थ्यकर्मीहरुले महत्वपुूर्ण भुुमिका खेल्नुु पर्नेमा जोड दिए ।

676

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका प्रतिनिधि, सरोकारवाला संघ–संस्था तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । सो कार्यक्रमका वक्ताहरूले खोप अभियानलाई सफल बनाउन स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य महत्वपूर्ण रहेको बताए ।

301237839-775165910202031-1577179248258595507-n-1