धरान /२६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भुटानको रोयल थिम्पु क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार धरान–१६ स्थित रंगशालामा सम्पन्न खेलमा झापा ११ का लागि खेलको पहिलो हाफको ३५औं मिनेटमा सुनिल खड्काले गोल गर्दै टिमलाई अघि बढाएका थिए । त्यसपछि दोस्रो हाफको १८औं मिनेटमा राजेश दाहालले थप गोल गर्दै झापाको जित सुनिश्चत गरेको हो ।

301237839-775165910202031-1577179248258595507-n-1

शुक्रबारको ‘म्यान अफ द म्याच’ झापा ११ राजेश दाहाल घोषित भएका छन्। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।् । प्रतियोगिता अन्तरगत शनिबार हुने तेस्रो क्वाटरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौं र न्युरोड टीम (एनआरटी) आमनेसामने हुनेछन्।् प्रतियोगिताको विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख पुरस्कार पाउनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होण्डा डियो स्कुटर प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।